२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अनन्त–राधिकाको बिहेमा बम विस्फोट भएको भए के हुन्थ्यो होला ?’



अ+ अ-

एजेन्सी । भारतीय धनाढ्य मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानीको विवाहको चर्चा विश्वभर भइरहेको छ । विवाहको हरेक समारोह भव्य शैलीमा सम्पन्न भएको थियो । यो विवाहमा विश्वभरका चर्चित व्यक्तित्वहरु सहभागी भएका थिए ।

विवाहको भिडियो सामाजिक सञ्जालमा लोकप्रिय छ । यसैबीच विवाहमा बम राखेको चर्चा चलेको छ । मुम्बई प्रहरीको साइबर शाखा यस विषयमा अनुसन्धानमा व्यस्त छ ।

एक प्रयोगकर्ताले मुम्बई पुलिसलाई सोशल मिडिया प्लेटफर्म एक्समा एक पोस्टको बारेमा जानकारी दिएका थिए । यो पोस्ट एफएफएसएफआइआर नामक प्रयोगकर्ता द्वारा गरिएको थियो । जसमा अम्बानीको बिहेमा बम विष्फोट भयो भने ‘आधा संसार ध्वस्त हुनेछ भन्ने निर्लज्ज विचार मेरो दिमागमा आएको थियो । ट्रिलियन डलर गुम्नेछ ।’

हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार एक वरिष्ठ प्रहरी अधिकारीले यसलाई अफवाह भनेका छन् । तैपनि बान्द्रा–कुर्ला कम्प्लेक्समा रहेको विवाहस्थल वरपर यस पोस्टलाई लिएर सुरक्षा बढाइएको छ । पुलिस अधिकारीले भने कि मुम्बई पुलिसले यस मामिलामा कुनै एफआईआर दर्ता गरेको छैन, तर जुलाई १३ को रातमा यो पोस्ट गर्ने प्रयोगकर्ताको खोजी गरिरहेको छ । प्रहरीले पोस्ट गर्नुको कारण जान्न चाहन्छ ।

अनन्त–राधिकाको विवाहमा शनिबार दुई जना बिना निमन्त्रणा प्रवेश गरेका थिए । तीमध्ये एक, मोहम्मद शफी शेखले आफूलाई एक व्यापारीको रूपमा वर्णन गरे भने वेंकटेश नामका व्यक्तिले आफूलाई युट्युबर भनेर वर्णन गरे । दुवै जना आन्ध्र प्रदेशबाट मुम्बई आएका थिए । मुम्बईको बीकेसी प्रहरीले दुवैलाई कानुनी कारबाही गरेको छ ।