२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुडानमाथिको अमेरिकी कारबाही अन्त्य



अ+ अ-

वासिङ्टन । अमेरिकी संसदले सुडानमाथि लाग्दै आएको आतंकवादी राष्ट्रको सूचीबाट सुडानलाई मुक्त गर्ने प्रस्तावलाई पारित गरेको छ । यो प्रस्ताव पारित भएसँगै सुडानले सबै राष्ट्रसँग मैत्रीपूर्ण सम्बन्ध पुनः कायम गर्ने बाटो खुलेको छ । 

सन् २००१ को सेप्टेम्बरमा अमेरिकी दूतावासहरुमा आक्रमणको दोष अमेरिकाले सुडानमाथि लगाउँदै आएको थियो । उक्त घटनामा भएको जनधनको क्षतिबापत करोडौं डलर क्षतिपूर्ति तिर्न सुडान सरकार तयार भएपछि अमेरिकाले सुडानमाथिका प्रतिबन्धहरु हटाउन मञ्जुर भएको थियो । सुडानमाथि आतंकवादीलाई प्रश्रय दिने राष्ट्रको सूचीबाट सुडानलाई अमेरिकाले गत साता हटाएको थियो । सुडानले इजरायलसँगको सम्बन्ध सामान्यीकरण गर्न सहमति जनाएको दुई महिना नपुग्दै अमेरिकाले उक्त निर्णय गरेको हो ।

कोरोनाभाइरस महामारीको चपेटामा परेर आर्थिक संकटमा परेको सुडान अहिले राजनीतिक संक्रमणकालमा रहेको छ । अमेरिकाले सुडानलाई आर्थिक सहायता, ऋण मोचन र लगानीका लागि पनि सघाउने जनाएको छ । सुडानलाई अमेरिकाले ७० करोड आर्थिक सहायताका साथै अन्तर्राष्ट्रिय मुद्रा कोषलाई भुक्तानी गर्नुपर्ने थप १२ करोड डलर ऋण चुक्ता गर्न अमेरिकाले सघाउने बताएको छ । अमेरिकामा रहेका सुडान सरकारका बैंक खाताहरु पनि अब खुला हुनेछन् ।

सुडानसँगको सम्झौतामा सुडानले १९९८ मा केन्या र तान्जानियास्थित अमेरिकी राजदूतावासमा अलकायदाद्वारा भएका हमलाका पीडितलाई क्षतिपूर्तिबापत ३३ करोड ५० लाख डलर भुक्तानी गर्न सहमति जनाएको थियो । उक्त हमलाहरु सुडानका तत्कालीन राष्ट्रपति ओमार अल–बसिरको शासनकालमा भएका थिए जतिबेला आतंकवादी संगठन अलकायदाका नेता बिन लादेन सुडानमा रहेका थिए ।