३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरीकामा कैदीसँग वकिलको अचम्मको विवाह



अ+ अ-

न्युयोर्क । अमेरिकामा कानूनकी विद्यार्थी ३२ वर्षीया चेल्सी मुरकाले जेलमा सजाय भोगिरहेका व्यक्तिसँग विवाह गरेकी छिन् । उनले आफूलाई सबैभन्दा भाग्यमानी ठानेकी छन् । चेल्सीले गाउन र फूलबुट्टे मास्क लगाएकी थिइन् । क्रिस्टोफर सेतो टिसर्ट र कालो मास्कमा देखिएका थिए । उनी त्यहाँ बन्दी जीवन बिताइरहेका छन्।

जेलमा सजाय भोगिरहेका व्यक्ति उनको प्रेमी क्रिस्टोफर ब्ल्याकवेलसँग गत साता उनको विवाह भएको छ । ‘मुनरो करेक्सनल कम्प्लेक्स’ (कारागार) को भेटघाट कक्षमा चेल्सी र क्रिस्टोफरले गत सेप्टम्बर १८ मा बिहे गरेका हुन् । यो वासिङ्टन राज्यस्थित एउटा कारागार हो ।

विवाहको दिन उनीहरू एउटा खाली कोठामा थिए । क्रिस्टोफर जहाँ बेहुला बनेर उभिएका थिए मात्र छ फिटको दुरी रहेको थियो । कारागारको खाली कोठामा अचानक केही टेबुल र कुर्सी राखिएर त्यहाँको पृष्ठभूमिमा एउटा पोस्टर झुन्ड्याइएको थियो । पतझड शररू हुनै लाग्दाको कुनै रंगीन जंगलमा चिटिक्कको पुल उभिएको दृश्यको पोस्टर थियो।

क्रिस्टोफर र चेल्सीको पछिल्लोपटक विहेको ६ महिना अघि भेट भएको थियो। त्यसपछि एकैपटक बिहे कै दिन हो, उनीहरूको देखादेख भएको । बिहे हुँदै गर्दाका प्रत्यक्षदर्शी ‘आफन्त’ कारागारका सुरक्षाकर्मी र कर्मचारी मात्रै थिए।

३९ वर्षीय क्रिस्टोफर र चेल्सीले बिहेबारे जे-जस्तो सपना साँचेका थिए, उनीहरूको अनुभव त्योभन्दा बेग्लै रह्यो। तै पनि उनीहरू आफूले यो सौभाग्य पाएकामा धन्य ठान्छन्। सहयोगीहरूप्रति कृतज्ञता प्रकट गर्छन्।

बेहुला क्रिस्टोफर १७ वर्षदेखि कारावासमा छन्। उनको सजाय थप २५ वर्षपछि मात्र सकिन्छ। सबभन्दा पहिले उनी १२ वर्षकै उमेरमा कार चोरीको अभियोगमा पक्राउ परेका थिए र ६ वर्षका निम्ति पटकपटक जेल गइरहनुपर्ने गरी दण्डित भएका थिए।

उनी वासिङ्टनकै ताकोमास्थित हिलटप बस्तीमा हुर्किएका थिए। यो बस्ती सन् १९८० को अन्त्यताका असाध्यै ज्यादा ‘ग्याङ फाइट’ का कारण चर्चामा आएको थियो। अहिले त्यो बस्तीको रूप पूरै फेरिएर सुसंस्कृत भइसकेको छ।

यसरी कैदी जीवन बिताउँदाकै क्रममा क्रिस्टोफरले सियाटल सेन्ट्रल कलेजबाट ‘जेनरल एसोसिएट डिग्री’ सम्मको पढाइ सक्काएका थिए । कोलोराडोको अलामोसास्थित ‘एडम्स स्टेट युनिभर्सिटी’ बाट राजनीतिशास्त्रमा स्नातक पनि गर्दै छन्। उनले प्रमाणपत्र पाउन भने अझै केही कक्षाको उपस्थिति पुर्‍याउनै पर्छ।

क्रिस्टोफरलाई सन् २००३ मा डकैतीको अभियोग लगाइएको थियो। यसका लागि आठ वर्षको कैद सुनाइयो। फेरि सन् २००३ मै घरभित्रै आक्रमण गरेर १७ वर्षे जोसुआ मेको हत्या गरेको अभियोग क्रिस्टोफरलाई लाग्यो। सन् २००७ मा अदालतले क्रिस्टोफरमाथिको त्यो अभियोगलाई जघन्य हत्या ठहर गर्दै ३८ वर्षको कैद सजाय सुनायो। वासिङ्टन राज्यले उनलाई ‘परोल’ मा छाड्ने संकेत दिएको छैन। यसको मतलब, उनी सन् २०४५ मा मात्रै जेलबाट निस्कनेछन्।