७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा News Polar प्रतिनिधि सभा बैठकमा सांसदहरूको न्यून उपस्थिति-फोटो फिचर News Polar राप्रपाको प्रदेश अधिवेशन असोज २१ गते, सातै प्रदेशमा निर्वाचन प्रतिनिधि तोकिए News Polar एम्बुलेन्सबाट साढे चार क्विन्टल गाँजा बरामद

कर तिर्न यस्तो सास्ती जनता निराश, सरकार बेखबर ?

कर तिर्न यस्तो सास्ती जनता निराश, सरकार बेखबर ?
अ+ अ-

काठमाडौं । स्वयम्भूस्थित यातायात कार्यालयमा कर तिर्नका लागि नागरिकले खेप्नुपरेको सास्तीलाई हामीले हिजो सचित्र प्रस्तुत गरेका थियौँ । त्यो समाचारपछि धेरै सेवाग्राहीले धन्यवाद त दिनु नै भयो । तर उहाँहरुको मुख्य चासो थियो– लौन कर तिर्ने कामलाई सजिलो बनाइदिनुपर्यो ।
 
राज्यलाई कर तिर्नकै लागि आइपर्ने यस्तो सास्तीले उनीहरुमा निराशा छाउनु स्वाभाविकै हो । सरकारले दिने सुविधा तथा सेवा नपाएर नागरिकले अकल्पनीय सास्ती भोग्नु त छँदैछ । महामारीको समयमा कतिको रोजीरोटी खोसिएको छ भने पैसा अभावका कारण घरमै आइसोलेसनमा बस्दा ज्यान गएका नागरिकहरु पनि कति छन् । 

जसै गरेपनि देशमा राजनीतिक स्थिरता नहुने अवस्था उनीहरुले देखेकै छन् । यस्तो अवस्थामा देशमा कतै सकारात्मक सञ्चारको अवस्था नभए पनि नागरिक कर तिर्न त लाइनमा बसेकै छन् । 

तर पनि उनले खेपेको सास्तीलाई हामीले नेपालमा सुशासनको ढुंगेयुग भनेका थियौँ । किनभने नागरिकले कुनै पनि सरकारी कार्यालयमा कर बुझाउनका लागि लाइन बस्न नसककेर बिहान उज्यालो हुँदैदेखि कार्यालय पुग्छ, उसले घन्टौँ लाइन बस्दा पनि पालो आउँदैन र चिसोले कठ्यांग्रिएर आफ्नो पालोको संकेतका लागि आफ्नो नाम लेखेको कागजलाई ढुंगाले च्यापेर चिया पिउन, खाना खान बाहिर निस्किन्छ । 

नेपालमा गणतन्त्रात्मक शासन व्यवस्था छ भनिएको छ । यसलाई प्रजातन्त्रभन्दा पनि राम्रो व्यवस्था भनेर भित्र्याइएको हो । जनताको छोरा नै राज्य तथा सरकार प्रमुख हुने भएकोले नै यो व्यवस्थालाई उत्तम मानिएको होला । तर व्यवहारमा त्यस्तो छैन, जनताले पाउने दुःखको पारो यो व्यवस्थाले कहिल्यै तल झार्न सकेको छैन ।

समाचार संकलनका लागि हामी त्यहाँ पुग्दा धनगढीकी शर्मिला विष्ट रुँदै भन्नुभयो– ढाडको समस्याले गर्दा दुई घन्टाभन्दा लामो लाइन बसेपछि उभिनै सक्दिन तर यहाँ चार पाँच घन्टा लाइन नबसी कामै हुदैन । त्यही पनि बलियाहरुले पछिबाट ठेल्छन् र बेलाबेलामा लाइन नै बिगारिदिन्छन् । 

हातमा पैसा, बैंकमा रकम बुझाएका भौचर बोकेका कैयौँ व्यक्ति छन् यहाँ शर्मिला जस्तै । तर सरकारलाई पैसा तिर्ने पालो कुरेको बर्षौँ भइसक्यो । बधुबार सो कार्यालयमा पालो कुर्न बस्नुभएका पोखराका महेन्द्र पालिखे मोटर साइकलको कर बुझाउन यहाँ धाउन थालेको तीन दिन भयो तर अझै काम भएको छैन । 

पेशाले शिक्षक उहाँ अहिले पनि विद्यालयको अनलाइन कक्षा लिने गर्नुहुन्छ । भन्नुहुन्छ– सोमबार र मंगलबार पहिलो पिरियड अर्कै साथीलाई लिन लगाएर यहाँ आएँ तर दुई घन्टा कुर्दा पनि पालो नआएर फर्किनुपर्यो । अब आज पनि के हुन्छ ठेगान छैन । 

उहाँले बुधबार पनि बिहान साढे आठ बजे आएर आफ्नो पालो कुर्नुभएको थियो । शनिबार विदा हुने दिन आफ्नो पनि विद्यालय विदा हुने तर अरु बार चाहिँ दुई चार घन्टा समय लिएर आउँदा कर बुझाउनै नपाउने उहाँको गुनासो छ ।   

पालिखेले भन्नुभयो– अरु देशमा सरकारलाई कर तिर्नेको कत्रो ठूलो इज्जत छ । जनतालाई कसरी करको दायरामा ल्याउने, कर संकलनका लागि जनतालाई कसरी सजिलो नियम बनाउने र सुविधा दिने भन्ने विषयमा सरकारहरुले कति प्रभावकारी योजना बनाउँछन् । तर हामीकहाँ भने यस्तो जनतालाई नै यस्तो निरुत्साहित गरेपछि देश कसरी बन्छ ?

यो पनि पढ्नुहोस्ः देशमा सुशासनको ढुंगे युग !

https://www.newspolar.com/news/detail/155262/