काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार (आज) साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। यसअघि प्रधानमन्त्री ओलीले गत आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रतिनिधि सभा विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो।
प्रतिनिधि सभा विघटनपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। प्रतिनिधि सभा विघटनको विरोधमा सात जना मन्त्रीले राजीनामा दिएका छन्।
सत्तारूढ नेकपा दुई समूहमा विभाजित भएपछि खाली भएका मन्त्रालयमा ओलीले आफूसँग आएका केही नेतालाई मन्त्री बनाउन लागेका छन्।











