• ४ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 19 2024
  •   Unicode
Logo
Latest
★   रोटरी क्लब अफ स्वयम्भूद्वारा वृक्षरोपण ★   राजाको कुरा गरेर निरङ्कुशता खोजेको होइन : कमल थापा ★   महिला एसिया कपमा नेपालले युएईसँग प्रतिस्पर्धा गर्दै ★   हार्दिक पाण्ड्या–नताशाको सम्बन्धविच्छेद, दुबैले पुष्टि गरे ★   बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी ★   बजार चलायमान बनाउने र सेयर कर्जा खुकुलो पार्ने तयारी ★   रथी सिग्देलको उमेर सम्बन्धमा कैफियत नरहेको सेनाको प्रष्टोक्ति ★   प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा रिमाल, आर्थिक सल्लाहकारमा खतिवडा नियुक्त ★   अम्बिका श्रेष्ठः पर्यटन क्षेत्रले गुमायो सुप्रतिष्ठित व्यक्तित्व ★   विपद्बाट आजसम्म एक सय २५ को मृत्यु

विश्वकपको बेला भ्रामक प्रचार गरेको भन्दै क्यानले उपाध्यक्ष सिंहसहित चारजनालाई सोध्यो स्पष्टीकरण



काठमाडौं । नेपाल क्रिकेट संघले उपाध्यक्ष रोशनकुमार सिंहसहित चारजनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

बिहीबार बसेको क्यानको केन्द्रिय कार्य समिति बैठकले उपाध्यक्ष सिंहसहित केन्द्रीय सदस्य माधवकुमार कर्माचार्य, दुर्गाराज पाठक र सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

विश्वकप क्रिकेटमा सहभागिताका दौरान नेपाल क्रिकेट संघ र संघका पदाधिकारीहरूलाई लक्षित गरेर विभिन्न मिडिया तथा सामाजिक सञ्जालहरूमा संघको निर्णय विपरीत भ्रामक प्रचार गरि सामाजिक सञ्जालमा समेत सेयर गरेको भन्दै क्यानले उनीहरूलाई कारबाही गर्ने निर्णय गरेको हो ।

यस्तै, बैठकले आगामी नोभेक्बर डिसेम्बरमा नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना गर्ने निर्णय गरेको छ ।