२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल आईसीसी ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’बाट सम्मानित



अ+ अ-

काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले प्रदान गर्ने आईसीसी डिजिटज फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्डबाट सम्मानित भएको छ ।

यसअघि एसिया क्षेत्रको विजेताका रुपमा ग्लोबल अवार्डका लागि मनोनयनमा परेको नेपालले बुधबार यो सफलता हात पारेको हो ।

आईसीसीले डेभलपमेन्ट अवार्ड अन्तर्गत विभिन्न ६ शीर्षकमा ग्लोबल अवार्ड प्रदान गर्दै आएको छ ।

आईसीसीले आफ्नो एसोसियट सदस्यले क्रिकेटको विकासमा हात पारेको सफलताका आधारमा यी अवार्डहरु दिँदै आएको छ ।

यस्तै, ‘आईसीसी डेभलपमेन्ट इनिसियटिभ अफ दी इयर अवार्ड’ मेक्सिको, ‘१०० पर्सेन्ट क्रिकेट फिमेल क्रिकेट इनिसियटिभ अफ दी इयर अवार्ड’ ओमान, ‘आईसीसी एसोसियट मेम्बर मेन्स पर्फमेन्स अफ दी इयर अवार्ड’ नेदरल्यान्ड्स, ‘आईसीसी एसोसियट मेम्बर वुमन्स पर्फमेन्स अफ दी इयर अवार्ड’ यूएई र ‘क्रिकेट फर गुड सोसियल इम्प्याक्ट इनिसियटिम अफ दी इयर अवार्ड’ स्कटल्यान्डले जितेका छन् ।

केही महिनाअघि अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न टी–२० विश्वकपमा नेपाली क्रिकेट फ्यानको सहभागिता र उपस्थिती र समर्थनलाई लिएर आईसीसीलगायत विश्वमा मा नै चर्चा भएको थियो । साथै, घरेलु मैदान कीर्तिपुरमा पनि नेपालको खेल हुँदा उल्लेख्य दर्शकहरुको उपस्थिती हुँदै आएको छ ।