• १५ भाद्र २०८१, शनिबार
  •      Sat Aug 31 2024
  •   Unicode
Logo

रोहित शर्माले श्रीलंकाविरुद्धको एकदिवसीय सिरिजको कप्तानी गर्ने



एजेन्सी । भारतीय टोलीका कप्तान रोहित शर्मा र ब्याट्सम्यान विराट कोहलीले श्रीलंकाविरुद्धको एकदिवसीय सिरिज खेल्ने भएका छन् ।

इन्डियन एक्सप्रेसको रिपोर्टका अनुसार यी दुवै खेलाडीले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)लाई आफ्नो उपलब्धताबारे जानकारी दिएका छन् ।

यसअघि धेरै रिपोर्टले रोहित र विराटले लगातार ६ महिना क्रिकेट खेलेका कारण श्रीलंकामा हुने एकदिवसीय सिरिज नखेल्ने दाबी गरेका थिए ।

टी–२० सिरिजको पहिलो खेल जुलाई २७ मा बेलुका ७ बजे पल्लेकेलेमा हुनेछ । एकदिवसीय सिरिज अगस्ट २ बाट कोलम्बोमा सुरु हुनेछ । यस भ्रमणका लागि हाल दुवै टोलीको घोषणा गरिएको छैन ।

बीसीसीआईले गत महिना टी–२० विश्वकप जितेको भारतीय टोलीका महत्वपूर्ण खेलाडी जसप्रित बुमराहलाई श्रीलंका भ्रमणबाट विश्राम दिन सक्नेछ ।

गौतम गम्भीर केही दिनअघि भारतीय टोलीको मुख्य प्रशिक्षक बनेका थिए । भारतीय प्रशिक्षकका रूपमा गम्भीरको यो पहिलो असाइनमेन्ट हुनेछ । ४२ वर्षका गम्भीरले द वाल भनेर चिनिने राहुल द्रविडको स्थानमा आएका छन् । टि–२० विश्वकपपछि द्रविडको कार्यकाल सकिएको थियो । गम्भीरको कार्यकाल जुलाई २०२७ सम्म रहनेछ ।