२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोटरी क्लब अफ स्वयम्भूद्वारा वृक्षरोपण



अ+ अ-

काठमाडौं । रोटरी क्लब अफ स्वयम्भूले टोखा नगरपालिकाको भुतखेलमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । क्लबले आफ्नो वार्षिक कार्ययोजना अनुसार पहिलो सर्भिस प्रोजेक्ट अन्तर्गत एक हजार रुख रोप्ने अभियान स्वरुप वृक्षरोपण कार्यक्रम सञ्चालन गरेको हो ।

वृक्षरोपण कार्यक्रमको उद्घाटन गर्दै टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले बिरुवा रोप्न भन्दा जोगाउन चुनौतीपूर्ण रहेकाले वृक्षारोपण कार्यक्रम सँगसँगै यसको सरक्षणतर्फ पनि ध्यान दिनुपर्ने बताउनुभयो । रोटरी क्लब अफ स्वम्भूलाई आफ्ना प्रोजेक्टहरु सफलतापूर्वक अघि बढाउन नगरपालिकाको पूर्ण सहयोग र सहकार्य रहेको प्रतिबद्वता पनि जनाउनुभयो।

वृक्षरोपण प्रोजेक्ट अन्तर्गत भुत्खेलको चौर ,टोखा चण्डेश्वरी अस्पतालको परिसरमा फलफुलको बिरुवा ,अशोका,धुपी ,निम लगायत बिभिन्न जातका बिरुवा रोपिएको छ।

बिशेषगरी ठुला रुख हुने खालका १ हजार वृक्षारोपण गर्ने लक्ष्यका साथ वृक्षरोपण कार्यक्रम शुरु गरिएको रोटरी क्लब अफ स्वयम्भुका अध्यक्ष बिष्णु पोख्रेलले जानकारी दिनुभयो।

सफा र हरियाली शहर बनाउने उदेश्यका साथ वातावरण संरक्षणका लागि समेत वृक्षरोपणको महत्व रहेकोले क्लबले बृक्षरोपण कार्यक्रम गरेको अध्यक्ष पोख्रेलको भनाइ छ। विरुवा हुर्कने अनुकूल समय पारेर क्लबले वृक्षरोपण कार्यक्रम गरेको छ ,बेलाबेलामा आएर बिरुवाको सरक्षण तर्फ पनि ध्यान दिने क्लबले जनाएको छ।

वृक्षरोपण कार्यक्रममा क्लबका पदाधिकारी र सदस्यहरुसहित समाज उत्थान महिला मंच नेपालका महिलाहरु स्थानिय सरकारका प्रतिनिधीहरु लगायतको उत्साहजनक उपस्थिति रहेको थियो।