८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा

हार्दिक पाण्ड्या–नताशाको सम्बन्धविच्छेद, दुबैले पुष्टि गरे

हार्दिक पाण्ड्या–नताशाको सम्बन्धविच्छेद, दुबैले पुष्टि गरे
अ+ अ-

एजेन्सी । भारतीय क्रिकेटर हार्दिक पाण्ड्या र नतासा स्टान्कोभिक अलग भएका छन् । यो जानकारी दुबैले इन्स्टाग्राममा दिएका हुन् । हार्दिकले अब आफू र नताशा मिलेर छोरा अगस्त्यलाई हरेक खुशी दिने प्रयास गर्ने बताएका छन् ।

हार्दिकले लेखेका छन्– ‘४ वर्ष सँगै बसेपछि नताशा र मैले सँगै अलग हुने निर्णय गरेका छौं । हामीले सँगै धेरै प्रयास गर्यौं र सबै दियौं । अब हामी दुवै छुट्टिएर बस्नु नै राम्रो हो जस्तो लाग्छ ।’

हार्दिक र नताशाको सम्बन्ध विच्छेदको खबर धेरै दिनदेखि आइरहेको थियो । टी–२० विश्वकपमा भारतको जित भए पनि नताशाले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा एउटा पनि पोस्ट गरिनन् । उनले हालै एक इन्स्टाग्राम पोस्ट गरिन्, जसमा सुटकेस र घरको तस्वीर थियो । यो पोस्टमार्फत उनले सर्बियास्थित आफ्नो घर जाने संकेत गरेकी थिइन् ।

हार्दिकले डिभोर्सको बारेमा आफ्नो पोस्टमा थप लेखेका छन्, ‘यो नताशा र मेरो लागि कठिन निर्णय थियो । हामीले एकअर्काको सम्मान र समर्थन गर्यौं । हामीले अगस्त्य उपहार पाएका छौं । अहिले पनि त्यही केन्द्र बिन्दु हुनेछ । हाम्रो दुबैको जीवनमा हामी एक अर्कालाई सहयोग गर्नेछौं ताकि हामी सबैलाई यो संवेदनशील अवसरमा गोपनीयता दिन अनुरोध गर्दछौं ।’

को हुन् नताशा ?
नताशाको जन्म ४ मार्च १९९२ मा सर्बियामा भएको थियो । बलिउडमा उनको पहिलो फिल्म ‘सत्याग्रह’ थियो । यसबाहेक उनी ‘बिग बोस–८’ र ‘नच बलिए–९’ मा पनि प्रतियोगीका रूपमा देखिएकी थिइन् । उनले बादशाहको गीत ‘डीजे वाले बाबु’ बाट बढी चर्चा पाइन् । हार्दिक र नताशाको भेट एक नाइट क्लबमा भएको थियो । यहीँबाट सुरु भयो यी दुईको प्रेमकथा ।

नताशा र हार्दिकको सम्बन्ध सबैभन्दा ठूलो ‘टक अफ द टाउन’ बनेको छ । दुवैको पहिलो भेट सन् २०१८ मा नाइट क्लबमा भएको थियो । नताशा र हार्दिकका धेरै साझा साथीहरू थिए । क्रिकेटरले ६ वर्षअघि मुम्बईमा आफ्नो जन्मदिनको पार्टी आयोजना गरेका थिए । यो पार्टीमा नताशा पनि सहभागी भएकी थिइन् । यहीँ दुवैको पहिलो भेट भएको थियो ।

हार्दिकले १ जनवरी २०२० मा नताशासँग इन्गेजमेन्ट गरेका थिए । उनले सामाजिक सञ्जालमार्फत सो जानकारी दिएका हुन् । दुवैले ३१ मे २०२० मा विवाह गरेका थिए । सोही वर्ष ३० जुलाई २०२० मा उनका छोरा अगस्त्यको जन्म भयो ।

नताशा र हार्दिकको बिछोडको खबर आइपिएलको समयदेखि नै आउन थाल्यो । त्यतिबेला दुवैको सम्बन्ध छुट्टिएको भनिएको थियो । नताशाले आफ्नो सामाजिक सञ्जाल अकाउन्टबाट हार्दिकसँगको विवाहको तस्बिर हटाएपछि यो जोडीको सम्बन्धविच्छेदको खबर बाहिर आएको हो ।

त्यसपछि केही दिनपछि नताशाले यी तस्बिरहरू रिस्टोर गरेर सम्बन्धविच्छेदको हल्लाको अन्त्य गरिन् । उनी आईपीएल २०२४ मा आफ्नो पतिलाई चियर गर्न पनि उपस्थित थिइनन्, जबकि यस पटक मुम्बई इन्डियन्सको कप्तानी हार्दिकको हातमा थियो ।

यसपछि भारतले टी–२० विश्वकप जितेपछि पनि नताशाले हार्दिकको लागि कुनै पोस्ट सेयर गरिनन् । भारतको जितमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा हार्दिककी श्रीमती नताशाले उनलाई बधाई दिएर पोस्ट सेयर गर्नेछिन् भन्ने मानिसहरूलाई आशा थियो तर त्यसो भएन ।