२४ मंसिर २०८२, बुधबार
,
Latest
सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम क्रियाशील सदस्यता टुंग्याउन कांग्रेसद्वारा परिपत्र जारी जेनजी आन्दोलनका सहिद परिवारको मागः छानबिन होस् र छिटो न्याय पाइयोस् लाटोकोसेरो संरक्षित क्षेत्र बन्यो बास्कुना आईपीएल २०२६ को अक्सनका लागि ३५० खेलाडीहरू सर्टलिस्टमा ‘पूर्ण बहादुरको सारङ्गी’ र ‘परान’ पछि यसैगरी मन जित्ने अर्को चलचित्र ‘मिरमिरे’ आउँदै चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु कुखुरामा ‘एनेमिया भाइरस’ भेटियो १८ दिनका लागि ४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक मुस्ताङमा स्याउ बगैँचा व्यवस्थापन गर्न सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामेछापबाट तस्करी गरिएको काठ सुनसरीमा समातियो



फाइल फाेटाे
अ+ अ-

काठमाडौँ । रामेछाप हुँदै सुनसरी पुगेका चारवटा मालबाहक ट्रक नियन्त्रण पछिको छानबिनमा काठ तस्करीको खुलासा भएको छ ।

रामेछापबाट सिन्धुली हुँदै सुनसरी पुगेका चार ट्रक अनुसन्धानको क्रममा खयर काठ तस्करीको खुलासा भएको हो ।

प्रशासनको ठाडो आदेशमा नियन्त्रणमा लिइएका ति ट्रकबारे छानबिन थालिएपछि काठ तस्करीको विषय बाहिर आएको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीकाअनुसार सम्बन्धित जिल्लाबाट ट्रकलाई छोडपुर्जी दिँदा उल्लेखित परिमाणमा नै कैफीयत भेटिएको छ । धरानमा रहेको सूर्य कत्था उद्योगको नाममा काठ लोड गरी ल्याइएका ती ट्रक नियन्त्रणमा लिई वन कार्यालय सुनसरीलाई अनुसन्धानको जिम्मा दिइएको प्रजिअ तिवारीले बताउनु भयो । छानबिनका क्रममा अवैध काठ धेरै भेटिएको बताउँदै प्रजिअ तिवारीले टाँचा लगाएको भन्दा ठूलो संख्यामा काठका मुडा भेटिनुले संगठित मिलेमतोको सम्भावना देखिएको बताउनु भयो ।

प्रजिअ तिवारीले भन्नुभयो, ‘काठमा लगाइएका टाँचा विधिपूर्वक थिएन । वन कार्यालय रामेछापले लगाएको टाँचा केवल नाम मात्रको थियो । ति ट्रक एक दिन सिन्धुलीमा समेत रोकिएका रहेछन् । त्यसपछि सुनसरीको लागि आएको देखिन्छ । सुनसरीमा आइपुगेका ट्रक चेकजाँचका क्रममा अवैध काठ रहेको पुष्टि भयो । जुन मिलेमतो बेगर सम्भव नै छैन ।’

सुनसरी प्रशासनका अनुसार नियन्त्रणमा लिइएका ट्रकको हकमा वन कार्यालय रामेछापले १५ सय लकडीमा टाँचा लगाइएको भनि छोडपुर्जी दिएको थियो । अनुसन्धानको क्रममा गणना गर्दा भने २ हजार ७ सय ३३ वटा भेटिएको थियो । उक्त परिमाणका काठ बा।प्र।०१००६ख२१११, बा।प्र।०१००६ ख ३३४९, मप्र०३००२ख००९५ र कप्र०२००१ख०४१९ नम्बरका ट्रकमा रामेछापबाट लोड गरी सुनसरी ल्याई पुर्‍याइएको प्रशासनले जनाएको छ । प्रशासनले उक्त काठ तस्करीमा सुरक्षा निकायदेखि वन कार्यालयसम्मकै संलग्नता रहेको आशंका गरेको छ । सुनसरी प्रशासनले नियन्त्रणमा रहेका ट्रक र चालक सहितको हकमा कानून बमोजिमको कारबाही हुने जनाएको छ । काठ तस्करीको विषय सुक्ष्म रुपले छानबिन हुनसके वन पैदावार चोरी निकासीमा संलग्नहरु कानूनी दायरामा आउने जनाएको छ । स्रोतका अनुसार खयर काठ बोकेका ट्रक इनरुवा आइपुगेपछि प्रशासनले रोक्न भनेको थियो । यद्यपि ति ट्रकबारे धरान पुगेपछि मात्रै प्रशासनलाई खबर दिइएको थियो ।