१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश

मौद्रिक नीति बजेटको परिपूरकको रुपमा आउनुपर्छ: उपसभापति वाग्ले

मौद्रिक नीति बजेटको परिपूरकको रुपमा आउनुपर्छ: उपसभापति वाग्ले
अ अ+ अ-

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति बजेटको परिपूरकको रुपमा आउनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीवार आयोजना गरेको नीति मन्थन कार्यक्रममा बोल्दै उपसभापति वाग्लले यस्तो बताउनुभएको हो । उहाँले सरकारले ल्याएको बजेटले मध्येकालिन प्राथमिकता स्पष्ट बनाएकाले अर्थतन्त्रको शिथिलता चिर्न मौद्रिक नीति बजेटको परिपूरकको रुपमा आउनुपर्ने बताउनु भयो । डा।वाग्लले मौद्रिक नीतिलाई वित्त नीति सरह महत्व दिन जरुरी रेहेको बताउनु भयो ।

उहाँले अहिले मुलुकको अर्थतन्त्र शिथिल र सुस्त रहेको भन्दै अर्थतन्त्रमा देखिएको शिथिलता उपभोक्ताको माग र पुँजी लगानीमा संकुचन आएको बताउनु भयो । उहाँले मुलुकमा आयात,निर्यात र व्यापारघाटा पनि घटेको बताउनु भयो । उहाँले आयात र निर्यात घट्दा सरकारको राजश्व आम्दानीमा असर परेको बताउनु भयो । उहाँले १४ खर्ब २२ अर्ब राजश्व उठाउने सरकारको लक्ष्यमा असार मसान्तसम्म करिव १० खर्ब मात्रै राजश्व संकलन भएको बताउनु भयो । उहाँले वित्त नीतिले केही सकारात्मक दिशाहरु औंल्याएको पनि बजेटले अर्थतन्त्रको शिथिलता चिर्न नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘मौद्रिक नीतिलाई वित्त नीति सरह महत्व दिन जरुरी छ । अहिले मुलुकको अर्थतन्त्र शिथिल र सुस्त छ । उपभोक्ताको माग खस्केको छ । पुँजी लगानी पनि खस्केको छ । मुलुकमा आयात निर्यात पनि घटेको छ । व्यापारघाटा पनि घटेको छ । तर सरकारको राजश्व आम्दानीमा प्रहार गरेको छ । १४ खर्ब २२ अर्ब राजश्व उठाउने सरकारको लक्ष्यमा असार मसान्तसम्म करिव १० खर्ब मात्रै राजश्व संकलन भएको छ । मुलुकको राजश्वको वेस आयात हो । समग्र अर्थतन्त्र सुस्त भएको बेलामा आयात कम भएको बेलामा कर पनि कम उठेको छ । वित्त नीतिले केही सकारात्मक दिशाहरु औंल्याएको छ । मध्यमकालिन प्राथमिकतालाई बजेटले स्पष्ट बनाएको छ । तर बजेटले वर्तमान अर्थतन्त्र शिथिलता चिर्न सकेन । अर्थतन्त्रको कुल मागलाई उकास्नको लागि तत्काल गर्नुपर्ने काम बजेटले नगरेको गुनासो छ । मौद्रिक नीति बजेटको परिपुरकको रुपमा आउनुपर्छ । वित्त नीतिले गर्न नसकेका विषयमा मौद्रिक नीति परिपूरकको रुपमा ल्याएर अर्थतन्त्रको शिथिलतालाई चिर्नसक्छ । कर्जा,ब्याजदर,ऋणीहरुको ब्यालेन्ससिटलाई सहज बनाउनुपर्छ । कर्जालाई मौद्रिक नीतिमार्फत उत्पादनमुखी क्षेत्रमा वृद्धि गर्नु आवश्यक छ ।’

उहाँले अर्थतन्त्रको कुल मागलाई उकास्नको लागि तत्काल गर्नुपर्ने काम मौद्रिक नीतिले गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले मौद्रिक नीति कर्जा,ब्याजदर,ऋणीहरुको ब्यालेन्ससिटलाई सहज बनाउने र कर्जा उत्पादनमुखी क्षेत्रमा वृद्धि गर्ने नीति आवश्यक रहेको बताउनु भयो ।