२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डोको कीर्तिमानी खेलमा पोर्चुगल विजयी



अ+ अ-

काठमाडौँ । युरोकप २०२४अन्तर्गत पोर्चुगलले चेक रिपब्लिकमाथि जित निकालेको छ । जर्मनीको लाइपजिगमा मंगलबार राति भएको खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २–१ गोलले पराजित गरेको हो ।

पोर्चुगलको जितमा फ्रान्सिस्को कन्सेईकाओले एक गोल गरे । अर्को गोल पोर्चुगलले उपहार पाएको थियो। यता, चेक रिपब्लिकका लागि लुकास प्रोभोडले गरेको गोल सान्त्वना गोल भयो ।

खेलको ६२औँ मिनेटमा लुकासको गोलमार्फत् शुरूआती अग्रता बनाएको चेक रिपब्लिकले अग्रता कायम राख्न सकेन । ६९औँ मिनेटमा रोबिन ह्रानाकले आत्मघाती गोल गरेपछि पोर्चुगल खेलमा १–१ को बराबरी अवस्थामा फर्किएको थियो ।

त्यसपछि अतिरिक्त समयको दोस्रो मिनेटमा फ्रान्सिस्कोले गोल गर्दै पोर्चुगललाई २–१ को जित दिलाएका हुन् ।

खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्न नसके पनि नयाँ कीर्तिमानी राखेका छन् । रोनाल्डो ६ वटा युरो कपमा सहभागी हुने पहिलो खेलाडी बनेका छन् ।

सन् २००४ मा पहिलोपटक युरोकप खेलेका रोनाल्डो त्यसपछि लगातार छैठौँपटक प्रतियोगिता खेलेका हुन् ।