११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

वामपन्थी दलहरू राजनीतिक विकृतिबाट मुक्त छैनन्, विगतको आत्मसमीक्षा आवश्यक छः माधवकुमार नेपाल

वामपन्थी दलहरू राजनीतिक विकृतिबाट मुक्त छैनन्, विगतको आत्मसमीक्षा आवश्यक छः माधवकुमार नेपाल
अ अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले मुलुकको राजनीतिमा देखिएका विकृति र विसंगतिबाट वामपन्थी दलहरू समेत अछुतो रहन नसकेको बताउनुभएको छ ।

शुक्रबार पुष्पलाल स्मृति दिवसको सन्दर्भमा काठमाडौँमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले वामपन्थी शक्तिहरूले आफ्नो विगतको भूमिका, नीति र व्यवहारको गम्भीर आत्मसमीक्षा नगरेसम्म कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पु¥याउन नसकिने बताउनुभयो ।

मुलुकको राजनीति बिग्रनुमा अरूलाई मात्र दोष दिएर नपुग्ने उल्लेख गर्दै सहसंयोजक नेपालले वामपन्थी दलहरूले आफ्ना सोच, नीति, गतिविधि, व्यवहार, जीवनशैली र जनसम्पर्कमा रहेका कमजोरीको समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको राजनीतिमा रहेका विकृति विसंगतिहरूबाट वामपन्थीहरू पनि मुक्त छैनन् । वामपन्थीहरूले पनि विगतमा खेलेको आफ्नो भूमिकाको आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता छ । कहाँ हामी चुक्यौँ ? अरूलाई आरोप मात्र लगाएर पुग्दैन । हाम्रा सोच, नीति, गतिविधि, व्यवहार, जीवनशैली र जनसम्पर्कमा कहाँ–कहाँ त्रुटि रहे, यी सबै कुरामा आत्मसमीक्षा गर्नुपर्छ ।’

सहसंयोजक नेपालले शासनसत्तामा पुगेपछि विदेशी शक्तिसामु झुक्नैपर्छ भन्ने सोच र नीति उपयुक्त नभएको टिप्पणी गर्नुभयो । उहाँले विदेशीलाई खुसी पार्ने नाममा राष्ट्रहितविपरीतका विषयसमेत स्वीकार गर्ने प्रवृत्ति देखिएको बताउनुभयो ।

राष्ट्रिय हितका विषयमा दृढतापूर्वक आफ्नो धारणा राख्दै प्रभावकारी अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्न सकिने उहाँको भनाइ थियो । ‘आफ्नो देशको हितको कुरा राख्दैमा सम्बन्ध टुटिहाल्ने अवस्था हुँदैन,’ उहाँले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय सम्बन्धलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा संसारका विभिन्न अनुभवबाट सिकेर अघि बढ्न सकिन्छ ।’

विदेशी शक्तिको स्वार्थ बुझेर त्यसप्रति सतर्क रहनुपर्ने उल्लेख गर्दै नेपालले राम्रा कामलाई राम्रो भन्न सक्ने र गलत विषयको विरोध गर्न सक्ने नीति आवश्यक रहेको बताउनुभयो । अतिवाद र आत्मसमर्पणवाद दुवैबाट मुक्त भएर देश र जनताको हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

उहाँले सही नीति र दृष्टिकोणका साथ देश र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न सके मात्रै कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पु¥याउन सकिने बताउनुभयो।