६ भाद्र २०८३, शनिबार
,
Latest
बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ : प्रधानन्यायाधीश शर्मा सतर्कता केन्द्रको अनुगमन : १५ कार्यालयमा सेवा प्रवाह सुधारका लागि निर्देशन अर्घाखाँचीमा वन्यजन्तुको सिकारका लागि लाइसेन्स खुला बालिका हत्याको विरोधमा आज पनि वीरगन्ज-पथलैया सडक खण्ड अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

आठौं प्रधानमन्त्री कप भलिबल लिगः पुलिस र हेल्प नेपाललाई उपाधि



अ+ अ-

काठमाडौँ । आठौं प्रधानमन्त्री कप भलिबल लिगमा महिलातर्फको उपाधि नेपाल पुलिस क्लवले जितेको छ ।

पुलिसले लिगमा अपराजित रहँदै फाइनल पुगेको एभरेष्ट भलिबल क्लव बुटवललाई ३–२ ले पराजित गरेको हो । पुलिसले एभरेष्टलाई २५–२१, २५–२३, २०–२५, २०–२५ र १५ –१२ को सेटमा पराजित गरेको हो ।

पहिलो र दोस्रो सेटमा लगातार जित हात पारेको पुलिसले तेस्रो र चौथो सेट भने गुमायो । पाचौं सेट जित्दै डिफेन्डिङ च्याम्पियन पुलिसले उपाधि रक्षा गरेको हो । शनिव नै भएको पुरुष तर्फको फाइनल खेलमा टिप टप हेल्प नेपाल विजयी भएको छ ।

गण्डकी प्रदेशलाई हेल्प नेपालले ३—१ ले पराजित गरेको हो । गण्डकीलाई हेल्प नेपालले २५—२२, २५—२०, २५—२०, २५—२० को सेटमा पराजित गरेको हो ।