२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा मेची राजमार्ग किनारका घर भत्काउने निर्णय फिर्ता लिन सांसद सुब्बाको माग ओलीलाई रास्वपा सदस्य देखाइएको नक्कली पोस्टरबारे संसदमा प्रश्न, दोषीमाथि कारबाहीको माग राज्य व्यवस्था समितिद्वारा कार्यविधि मस्यौदा र विभिन्न उपसमितिहरू गठन, कारागार र अख्तियारको अनुगमन गरिने सरकारसँग एमाले सांसद सुब्बाको मागः मेची राजमार्ग सडक सीमा भित्रको भौतिक संरचना हटाउने निर्णय तत्काल… भक्तपुर अस्पतालमा सरकारी स्तरमै पहिलो पटक रोबोटिक सर्जरी सेवा सुरु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेसनल चेस च्याम्पियनसिप; खुल्लातर्फ राजन सुवेदी र महिलातर्फ सिन्दिरा जोशी च्याम्पियन



अ+ अ-

काठमाडौं । झापाका राजन सुवेदी नेसनल चेस च्याम्पियनसिपमा नयाँ च्याम्पियन बनेका छन् । उनले अन्तिम तथा ११औं चरणमा बिहीबार प्रेमकृष्ण महर्जनलाई पराजित गर्दै ८ अंक सहित  उपाधि जितेका हुन् ।

देशका उत्कृष्ट १२ खेलाडी सहभागी नेसनल चेस च्याम्पियनसिप २०२४ को राउन्ड रोबिन लिगको अन्तिम खेलमा जित हात पार्दै सर्वाधिक आठ अंक बनाएर राजन च्याम्पियन भएका हुन् १९२३ रेटिङका प्रेमकृष्णविरुद्ध पूरा एक अंक हात पारे । उनले सात जित, दुई बराबरी र दुई हारको नतिजा निकाल्दै आठ अंक बनाएका हुन् ।

३५ वर्षीय राजनले नयाँ विजेता बनेसँगै सेप्टेम्बरमा हंगेरीमा हुने ४५औं चेस ओलम्पियाडको लागि नेपाली टिममा स्थान सुरक्षित गरेका छन् ।

त्यसैगरि झापा कै श्रुसुरत दाहल र पुर्व नेपाल च्याम्पियन क्षितिज भण्डारी दोस्रो र तेस्रो स्थानमा रहेर ओलम्पियादको यात्रा तय गरे।

समान साढे ७ अंक भए पनि क्षितिज टाइब्रेकरमा श्रुसुरतसंग पछाडि परेका थिए । श्रुसुरतले फाइनल चरणको खेलमा पुरुषोत्तम सिलवालाई पराजित गरे भने क्षितिजले दोलखाका राजिव कार्कीलाई हराएका थिए।

नेसनल च्याम्पियनसिपबाट शीर्ष तीन पुरुष र उत्कृष्ट चार महिला खेलाडी ओलम्पियाडको लागि छनोट भएका हुन ।

महिलातर्फ अन्तिम चरणको खेलमा  कृतिसारा अधिकारीसंग  पराजित भएता पनि  ९ अंक सहित दोस्रोपटक नेपाल  च्याम्पियन हुन सफल भइन्। सिन्दिरले ११ औं चरणसम्मको खेलमा आठ  खेलमा सफलता हात पारे  भने दुई  खेलमा हार ब्यहोरेका थिए।

झापाका कृतिसारा अधिकारी उप विजेता र कास्कीका पूजा भण्डारी तेस्रो भइन।  शान्ति धिमाल चौथो  स्थानमा रहेर ओलम्पियादको लागि स्थान बनाउन सफल भइन् ।

लुम्बिनी इभेन्ट मेनेजमेन्टका प्रबन्धक निर्देशक सुबोधराज शेर्पाली सभापतित्वमा भएको र समापन तथा पुरस्कार वितरण समारोह नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले पुरस्कृत  गरे।

नेपाल बुद्धिचाल महासंघका वरिष्ठ उपाध्याय तथा कार्यक्रम संयोजक दिपेन राईका अनुसार आर्थिक व्यवस्थापनमा सहकार्य गर्ने  हिमालयन प्रपोटी म्यानेजमेन्ट प्रा.लि.भक्तपुर,  ओम क्वालिटि फाइबर ग्लास एण्ड ग्रील मेटल इण्ड प्रा.लि. किर्तिपुर काठमाण्डु , प्रभु बैंक, ग्लोबल आइएमइ बैंक, नेपाल टेलिकम, रुक्मिणी टुर्स एण्ड ट्राभल्सको प्रायोजन रहेको जानकारी गराएका छन् ।