• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   इटालीलाई हराउँदै स्वीट्जरल्यान्ड युरो कपको क्वाटरफाइनलमा ★   दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारतले जित्यो टी–२० विश्वकपको उपाधि ★   दक्षिण अफ्रिकालाई विश्वकपको उपाधि जित्न १७७ रनको लक्ष्य ★   श्रीमानको असार १५ ★   उत्पादित अन्नको जिम्मेबारी स्थानीयतहले लिने नीति आबश्यक: नेता अब्दुल सत्तार ★   पत्नी आरजुसहित बालकोटमा देउवा, ओलीसँग सवा दुई घण्टा कुराकानी ★   कमेडी च्याम्पियन सिजन-३ का विजेता बने सुनिल खड्का ★   उत्पादत्व वृद्धिका निम्ति परम्परागत पद्धति परित्याग गर्न मन्त्री चौधरीको सुझाव ★   बैङ्कर्स भण्डारीको ‘आफैँलाई नियाल्दा’ कृति विमोचन ★   के कोहलीले फाइनलका लागि रन बचाएर राखेका हुन् ?

सिधा कुरा डटकममा प्रसारण भएको डार्क फाइलको अडिओ झुटो रहेको निष्कर्ष



काठमाडौँ । ‘सिधाकुरा डट कम’मा प्रसारण भएको ‘डार्क फाइल’ को अडिओ झुटो भएको पाइएको छ ।

सर्वोच्च अदालतको आदेशअनुसार प्रहरीले साइबर ब्युरोका प्रमुखसमेत रहेका डिआइजी नविन्द अर्याल नेतृत्वको ६ सदस्यीय छानबिन समिति बनाएको थियो । उक्त समितिले अडिओ झुटो भएको निष्कर्ष निकालेको हो ।

सिधाकुरा डट कमले अदालतका न्यायाधीश, केही वरिष्ठ वकिल र मिडिया सञ्चालकहरूलाई मुद्दा मिलाएको आरोप लगाउँदै उक्त अडिओसहितको समाचार प्रकाशन गरेको थियो ।

सर्वोच्च स्रोतका अनुसार छानबिन प्रतिवेदनमा सिधा कुरा डट कमलाई अडिओ दिने राजकुमार तिमिल्सिनाले गत वैशाख ५ गते बिहानतिर उक्त अडिओ आफै रेकर्डिङ गरेको उल्लेख गरिएको छ ।

अडिओ परीक्षण गर्दा तिमल्सिनाको बाहेक अन्य आरोप लगाइएका कसैसँग पनि मेल नखाएको प्रतिवेदनमा उल्लेख छ ।

सिधा कुरा डटकमले गत वैशाख १४ गते ‘चार सय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ अपरेसन’ भनेर समाचार प्रसारण गरेको थियो ।

अडिओ प्रसारणभएपछि सर्वोच्चले अदालतको अवहेलना भएको भन्दै रिट दायर भएको थियो भने त्यसपछि सिधाकुराले उक्त सामग्री हटाएको थियो ।