• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

बैङ्कर्स भण्डारीको ‘आफैँलाई नियाल्दा’ कृति विमोचन



काठमाडाैँ: बैँकर्स राजनसिंह भण्डारीको सपना, सङ्घर्ष र समृद्धिको स्वाभिमानी आत्मकथा ‘आफैँलाई नियाल्दा’ कृति विमोचन गरिएको छ ।

पूर्वमन्त्री शरदसिंह भण्डारी, प्राडा एवं सांसद चन्दा कार्की, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा तिलक रावल, वरिष्ठ चिकित्सक लोकविक्रम थापा, वरिष्ठ पत्रकार प्रकाश रिमाल र पूर्वबैंकर्स खेमबहादुर भण्डारीलगायतले संयुक्तरूपमा उक्त कृति विमोचन गर्नुभएको हो ।

मिनेट मिडिया प्रालि प्रकाशक रहेको त्यस कृतिमा पुर्खा र परिवारिक पृष्ठभूमि, बाल्यकाल र प्रारम्भिक शिक्षा, त्यो मधेस, त्यो औरही, मेरा सोख र स्वभाव, राष्ट्र बैंकमा २६ वर्ष, बैंकर्स सङ्घको अध्यक्ष, गीतको दुनियाँमा मौसुफ भण्डारी र पारिवारिक कलहलगायत शीर्षकमा भण्डारीका स्वाभिमानी आत्मकथा समेटिएको छ ।

तेह्र परिच्छेद रहेका पुस्तकमा चालिसभन्दा बढी उहाँ र भण्डारी परिवारसँग जोडिएका तस्बिरसमेत समेटिएको छ । सो अवसरमा पूर्वमन्त्री भण्डारीले हक्की स्वभावका लेखकले आफूले–आफैँलाई एउटा सफल व्यक्तित्व बनाएको जीवनसम्बन्धी आत्मकथा कृतिमा समेटिएको बताउनुभयो ।

जीवनको यात्रालाई अघि बढाउने सिलसिलामा परिवारिक सहयोग, शक्ति र समर्थन आवश्यक पर्ने बताउँदै उहाँले पुस्तक प्रकाशित नगर्ने प्रत्येक व्यक्तिका पनि आ–आफ्नै खाले आत्मकथा हुने उल्लेख गर्नुभयो ।

सांसद कार्कीले असल प्रशासक, व्यवसासायी, बैंकर्स र गायक भण्डारीको कृतिमा स्वाभिमानी गुण र अद्भूत आत्मप्रेमका विषयवस्तु समेटिएको बताउनुभयो । पूर्वगभर्नर डा रावलले राष्ट्र बैंकको नेतृत्वमा रहँदा लेखकलाई आफूले व्यावसायिकता मिसिएको एउटा हक्की र दूरदर्शी व्यक्तित्वको रूपमा पाएको घटना सुनाउनुभयो ।

त्यस अवसरमा डा लोकविक्रम थापा र पूर्वबैंकर्स खेमबहादुर रायमाझीले युवापुस्ताका लागि प्रेरणा प्रदान गर्ने सरल भाषामा लेखिएको कृतिभित्र विधि स्थापित गर्न र कानुन पालनामा लेखक कति कठोर भए भन्ने नालीबेली समेटिएको बताउनुभयो ।

शिवचन्द्र स्मृति प्रतिष्ठान आयोजक रहेको उक्त कार्यक्रममा प्रकाशक रिमालले पुस्तकमा लेखकका सवल पक्षमात्र होइन, कमी–कमजोरी पनि खुलेरै प्रस्तुत गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “समान्यतः परिवारिक कलह आत्मकथामा पढ्न नपाइने अध्याय हो, जुन यहाँ छ ।”रासस