५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अफ्रिकालाई विश्वकपको उपाधि जित्न १७७ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । टी–२० विश्वकपको उपाधिका लागि भारत र दक्षिण अफ्रिकाबीच भिडन्त भइरहेको छ । भारतले दक्षिण अफ्रिकालाई १७७ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ थालेको भारतले २० ओभरमा ७ विकेटको क्षतिमा १७६ रन जोड्यो । उसका लागि विराट कोहलीले सर्वाधिक ७६ रनको योगदान दिए ।

५९ बल खेलेका उनले ६ चौका र २ छक्का हिर्काए । यस्तै, अक्षर पटेलले ४७, शिबम् दुबेले २३ रन जोडे ।

बलिङतर्फ दक्षिण अफ्रिकाका केशव महाराजले २, मार्को यानसेन र कागिसो रबाडाले १–१ विकेट लिए ।