• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

उत्पादत्व वृद्धिका निम्ति परम्परागत पद्धति परित्याग गर्न मन्त्री चौधरीको सुझाव



विराटनगर : ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ नाराका साथ २१औँ राष्ट्रिय धान दिवस सुनसरीको गढीगाउँपालिका–३ छिटहामा उत्साहपूर्वक मनाइएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना कार्यान्वयन एकाइ,मोरङको सहयोगमा स्थानीय चन्द्रोदय कृषि सहकारी संस्था लिमिटेडद्वारा आयोजित कार्यक्रमको महिला, बालिबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले शुभारम्भ गर्दै परम्परागत कृषि पद्धतिबाट उत्पादकत्व बढाउन नसकिने बताउनुभयो ।

मन्त्री चौधरीले कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरणमा जोड दिनुभयो । साथै उहाँले आधुनिक खेतीले उत्पादकत्व वृद्धि हुने बताउँदै त्यसतर्फ लाग्न सबै किसानलाई सुझाउनुभयो ।

कोशी प्रदेशसभा सदस्य रामदेव यादवले कृषि क्षेत्रको विकासका लागि सरकारीस्तरमा पर्याप्त  लगानी  नभएको गुनासो गर्नुभयो ।

कोशी प्रदेशको उद्योग,कृषि तथा सहकारी मन्त्रालय सचिव लेखराज दाहालले कृषि क्षेत्रबाट अधिक रोजगारी प्राप्त हुने अधिकभन्दा अधिक क्षेत्रमा खेती गर्नुपर्नेमा जोड दिनुभयो ।

सहकारीका अध्यक्ष सुरेन्द्रप्रसाद मेहताको अध्यक्षतामा भएको सो कार्यक्रममा परियोजना कार्यान्वयन एकाइका प्रमुख मनोज यादवले व्यावसायिक कृषिको माध्यमबाट देशलाई समृद्धिको मार्गमा उन्मुख गराउन सकिने बताउनुभयो ।

गतवर्ष असार १५ सम्ममा कोशी प्रदेशमा १६ दशमलव नौ प्रतिशत रोपाइँ भएकामा आजसम्म १३ दशमलव ७१ प्रतिशत मात्र रोपाइँ भएको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका प्रतिनिधि अभिमन्यू अधिकारीले बताउनुभयो ।

कोशीका चौध जिल्लामा दुई लाख ७६ हजार तीन सय ८६ हेक्टर जग्गामा धान खेती हुने गरेको जानकारी दिँदै उहाँले  हालसम्म ३७ हजार आठ सय ८० हेक्टर रोपाइँ भएको बताउनुभयो ।

कार्यक्रममा दिइएको जानकारीअनुसार झापामा ७५ हजार चार सय ५९, मोरङमा ६९ हजार आठ सय १७ र सुनसरीमा ४८ हजार नौ हेक्टर जग्गामा धान खेती हुने गरेको छ । यसवर्ष यी तीनवटै जिल्लामा क्रमशः ११ दशमलव ३५, १० र ११ प्रतिशत रोपाइँ भएको छ । झापामा सबैधन्दा धेरै ७५ हजार चार सय ५९ हेक्टरमा र सोलुखुम्बुमा सबैभन्दा कम एक हजार दुई सय २५ हेक्टरमा रोपाइँ हुने गरेको छ ।

यसैबीच राष्ट्रिय धान दिवसकै अवसरमा मोरङको जहदा गाउँपालिकास्थित जिल्ला कृषि ज्ञान केन्द्रको आयोजनामा रोपाइँ कार्यक्रम आयोजना गरिएको थियो ।रासस