११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

उत्पादत्व वृद्धिका निम्ति परम्परागत पद्धति परित्याग गर्न मन्त्री चौधरीको सुझाव

उत्पादत्व वृद्धिका निम्ति परम्परागत पद्धति परित्याग गर्न मन्त्री चौधरीको सुझाव
अ अ+ अ-

विराटनगर : ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ नाराका साथ २१औँ राष्ट्रिय धान दिवस सुनसरीको गढीगाउँपालिका–३ छिटहामा उत्साहपूर्वक मनाइएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना कार्यान्वयन एकाइ,मोरङको सहयोगमा स्थानीय चन्द्रोदय कृषि सहकारी संस्था लिमिटेडद्वारा आयोजित कार्यक्रमको महिला, बालिबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले शुभारम्भ गर्दै परम्परागत कृषि पद्धतिबाट उत्पादकत्व बढाउन नसकिने बताउनुभयो ।

मन्त्री चौधरीले कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरणमा जोड दिनुभयो । साथै उहाँले आधुनिक खेतीले उत्पादकत्व वृद्धि हुने बताउँदै त्यसतर्फ लाग्न सबै किसानलाई सुझाउनुभयो ।

कोशी प्रदेशसभा सदस्य रामदेव यादवले कृषि क्षेत्रको विकासका लागि सरकारीस्तरमा पर्याप्त  लगानी  नभएको गुनासो गर्नुभयो ।

कोशी प्रदेशको उद्योग,कृषि तथा सहकारी मन्त्रालय सचिव लेखराज दाहालले कृषि क्षेत्रबाट अधिक रोजगारी प्राप्त हुने अधिकभन्दा अधिक क्षेत्रमा खेती गर्नुपर्नेमा जोड दिनुभयो ।

सहकारीका अध्यक्ष सुरेन्द्रप्रसाद मेहताको अध्यक्षतामा भएको सो कार्यक्रममा परियोजना कार्यान्वयन एकाइका प्रमुख मनोज यादवले व्यावसायिक कृषिको माध्यमबाट देशलाई समृद्धिको मार्गमा उन्मुख गराउन सकिने बताउनुभयो ।

गतवर्ष असार १५ सम्ममा कोशी प्रदेशमा १६ दशमलव नौ प्रतिशत रोपाइँ भएकामा आजसम्म १३ दशमलव ७१ प्रतिशत मात्र रोपाइँ भएको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका प्रतिनिधि अभिमन्यू अधिकारीले बताउनुभयो ।

कोशीका चौध जिल्लामा दुई लाख ७६ हजार तीन सय ८६ हेक्टर जग्गामा धान खेती हुने गरेको जानकारी दिँदै उहाँले  हालसम्म ३७ हजार आठ सय ८० हेक्टर रोपाइँ भएको बताउनुभयो ।

कार्यक्रममा दिइएको जानकारीअनुसार झापामा ७५ हजार चार सय ५९, मोरङमा ६९ हजार आठ सय १७ र सुनसरीमा ४८ हजार नौ हेक्टर जग्गामा धान खेती हुने गरेको छ । यसवर्ष यी तीनवटै जिल्लामा क्रमशः ११ दशमलव ३५, १० र ११ प्रतिशत रोपाइँ भएको छ । झापामा सबैधन्दा धेरै ७५ हजार चार सय ५९ हेक्टरमा र सोलुखुम्बुमा सबैभन्दा कम एक हजार दुई सय २५ हेक्टरमा रोपाइँ हुने गरेको छ ।

यसैबीच राष्ट्रिय धान दिवसकै अवसरमा मोरङको जहदा गाउँपालिकास्थित जिल्ला कृषि ज्ञान केन्द्रको आयोजनामा रोपाइँ कार्यक्रम आयोजना गरिएको थियो ।रासस