१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता

सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । गत शनिबार, असार १५ का दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालकोट पुगेर करिब साढे दुई घण्टा एमाले अध्यक्ष्य केपी शर्मा ओलीसँग कुराकानी गरेको चर्चा सामाजिक सञ्जालमा भइरहेकै बेला आज बिहान ओलीको बालुवाटार बैठकको अर्को चर्चा थपिएको छ ।

सोमबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुग्नु भयो । करिब तीन घण्टा प्रधानमन्त्री पुष्पकमल दाहालसँग सम्बाद गरेर ओली बाहिरिएसँगै तरंगित राजनीति झनै तरंगित हुन पुगेको छ ।

ओली र दाहालबीच पछिल्ला दिनमा निरन्तर छलफल भइरहेको थियो । तर सोमबार बिहान उहाँहरुबीचको भेटको तस्बिर प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक समेत गर्‍यो । हुनत दुई नेताबीच सम्बाद हुनु स्वभाविकै हो र यस अघि पनि उहाँहरुबीच पछिल्ला दिनमा निरन्तर छलफल भइरहेको थियो ।

तर यसरी भेटेको फोटो भने कमै मात्र सार्वजनिक हुने गरेको थियो । तर सोमबारको फोटो भने प्रधानमन्त्रीको सचिवालयका प्राय सबै सदस्यहरुले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । यसरी भन्दा लाग्छ, यो तस्बिर अस्वाभाविक रुपमा नै सार्वजनिक भएको छ ।

भेटमा दुई नेताको तस्बिर मात्र देखिएपछि सम्बाद साक्षीका रुपमा प्रधानमन्त्री दाहालका स्वकिय सचिव तथा पुत्री गंगा दाहाल समेत साथमा रहनु भएको जनाइएको छ । भेटमा प्रधानमन्त्री दाहालले ओलीलाई बर्तमान गठबन्धनबाट नै सरकारको नेतृत्व गर्न आग्रह गर्नुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डले सरकारको काम कारबाहीका बारेमा निर्मम समिक्षा गर्न आफू तयार भएको भन्दै ओलीलाई साथ नछाड्न आग्रह गर्नुभएको स्रोतले जानकारी दियो । स्रोतका अनुसार प्रचण्डले पटक पटक बरु ओली नै प्रधानमन्त्री बन्नुस, यो गठबन्धन नतोडौँ, सँगै अघि बढौँ भनेर प्रस्ताब गर्नुभएको थियो । तर पनि ओलीले ठोस जबाफ भने दिनुभएन । बालुवाटर स्रोतले भन्यो प्रधानमन्त्रीज्यूको प्रस्तावमा ओलीले कुनै जवाफ दिनुभएन ।

१५ गते बालकोटमा भएको भेटमा देउवाले ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको खबर सार्वजनिक भएको थियो । त्यसमा ओलीले सकारात्मक जवाफ दिएर नै देउवा अघि बढ्नुभएको थियो । ओलीसँगको सम्वादपछि देउवाले आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाउनु भयो ।

त्यस्तै कतार भ्रमणमा रहनु भएका महामन्त्री गगन थापालाई पनि भ्रमण छोट्याएर स्वदेश फर्कन भन्नुभयो । थापाले संविधानका केही बुँदाहरुका परिवर्तन आवश्यक रहेको र त्यसका लागि कांग्रेस एमालेबीच सहकार्य हुनुपर्ने दृष्टिकोण राख्दै आउनु भएको छ ।

कांग्रेसमा महामन्त्रीद्वय थापा र विश्वप्रकाशको लाइन भने प्रचण्ड छोड्नुपर्छ भन्ने थियो र छ । यसले पनि अबका समय सत्तामा परिवर्तनको संकेत गर्दछ । सम्भवत यो राजनीतिक परिवेश र विकासक्रमले अबका केही समयमै कांग्रेस र एमालेको सहयात्राको स्पष्ट संकेत गरेको छ ।