११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए ल्याउने विद्यालय

सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए ल्याउने विद्यालय
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुबाट २०८० सालको एसईई परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ५४५ जना (१३.७७%) विद्यार्थीले ३.६१ देखि ४ जीपीए प्राप्त गरेको सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिनुभयो । गएको बर्ष १५० जना (३.८३%) विद्यार्थीले यो नतिजा प्राप्त गरेका थिए । यसरी हेर्दा गएको बर्षभन्दा यसमा बर्ष २५९% सुधार आएको छ ।

५८ वटा सामुदायिक विद्यालयबाट यस बर्ष ३ हजार ९५९ जना विद्यार्थीले परीक्षाका लागि आवेदन दिएका थिए । कुल परीक्षार्थीमध्ये ३ हजार ८६ जना (७८%) उत्तीर्ण भएका छन् । ८७३  जना (२२%) ले पुनः परीक्षा दिनुपर्ने भएको छ ।

गएको बर्ष ३ हजार ९१२ जना आवेदक थिए । 

झाकाअनुसार ३.६० देखि ३.२१ सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या यस वर्ष १ हजार ५०  जना (२६.५२%) छ । गएको बर्ष यो संख्या ४८८ जना (१२.४५ %) थियो । यो समूहमा गएको बर्षभन्दा यस बर्ष ११३% ले नतिजा वृद्धि भएको छ । यसमा नतिजा बढ्ने क्रममा छ ।

३.२० देखि २.८१ जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या यस बर्ष १ हजार ८० जना (२७.२८%) छ । गएको बर्ष ८०९ जना (२०.६३%) थियो । यस बर्ष गएको बर्षभन्दा ३२ प्रतिशत संख्या वृद्धि भएको छ । यस्तै २.८० देखि २.४१ जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या यस बर्ष ३९५ जना (९.९८%) छ । यसमा गएको बर्ष ९८२ जना (२५.०४ %) थियो । यस्तै २.४० देखि २.०१ जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या यस बर्ष १६ जना (०.४०%) छ । गएको बर्ष यो संख्या ९२३ जना (२३.५४%) थियो । यो नतिजाले कम संख्या ल्याउने विद्यार्थीको संख्या घटिरहेको र धेरै अङ्क ल्याउने विद्यार्थीको संख्या बढिरहेको देखाउँछ, झाको भनाइ छ ।

२ र त्यसभन्दा तल जीपीए ल्याउने विद्यार्थीको सख्या ८७३ छ । यो २२.०५% हो । गएको बर्ष यस समूहमा ५६९ जना अर्थात् १४.५२ प्रतिशत विद्यार्थी थिए ।

विश्व निकेतनका ४ जना विद्यार्थीले ल्याए ४ जीपीए

काठमाडौँको विश्व निकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वरका ४ जना विद्यार्थीले जीपीए ४ ल्याएका छन् । यो नेपालभरिका सामुदायिक विद्यालयमध्येकै उत्कृष्ट संख्या हो । यससँगै ज्ञानोदय माध्यमिक विद्यालय, वाफलका ३ जना, रत्नराज्य माध्यमिक विद्यालय, मध्य बानेश्वरका २ जना र तरुण माध्यमिक विद्यालय, बालाजुका १ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् । यसरी महानगरपालिकाभित्रका ५८ विद्यालयमध्ये ४ वटा विद्यालयका १० जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेको हुन् ।

उत्कृष्ट नतिजाका लागि महानगरपालिकाको प्रयत्न 

प्राप्त नतिजा महानगरपालिकाले सञ्चालन गरेको शैक्षिक सुधार कार्यक्रमको उपलब्धी हो । नतिजा  सुधार  कार्यक्रमअन्तर्गत  बिद्यालयको आवश्यकताअनुसार २ देखि ३ महिनासम्म  गणित, बिज्ञान र अंग्रेजी विषयकालागि बिशेष कक्षा सञ्चालन गरिएको थियो । सिकाई उपलब्धिका लागि उपचारात्मक कक्षा सञ्चालन गर्न बिद्यालयले माग गरेअनुसार काठमाडौँ महानगरपालिकाले अनुदान रकम उपलब्ध गराएको थियो । कार्यक्रम र बजेट हुँदा पनि सक्षम जनशक्तिको अभावमा नतिजा प्राप्त गर्न नसकिने हुँदा काठमाडौँ बिश्वबिद्यालयबाट सिकाइ सुधारका विशेषज्ञ शिक्षकको उपलब्धता गराइएको थियो ।

पुस्तकरहित शुक्रबारको माध्यम बाट सह–पाठ््यक्रम र अतिरिक्त  क्रियाकलापमा जोड दिंदै बिद्यार्थीको बहुआयामिक सिकाइको अभ्यास गरिएको थियो ।

शिक्षामा रुपान्तरण ल्याउन विद्यार्थीको सिकाइ सुधार महानगरपालिकाको प्राथमिकता हो । यसलाई सम्भव बनाउन  बिद्यार्थीको सिकाइ कमजोरी हुनुको मुल कारण बुझ्न र सोहीअनुसार सुधार कार्यक्रम कार्यान्वयन योजनाको आधार अहिले पनि अनुसन्धान भइरहेको छ । काठमाडौँ विश्वविद्यालयसँगको सहकार्यमा सञ्चालन भएको ‘टिचर कलेज कार्यक्रम’ यसको एउटा उदाहरण हो ।
शिक्षकको दक्षता अभिवृद्धि, पुस्तकरहित शुक्रबारको पाठ््यक्रम विकास, अनुसन्धानमा आधारित कार्ययोजना र त्यसको कार्यान्वयन  इनपुट, आउटपुट ‘टिचर कलेज कार्यक्रम’ बाट प्राप्त हुन्छ । नतिजा र प्रभावको अन्तरनिहित सम्बन्ध स्थापना गर्ने योजना यस कार्यक्रमबाट स्थापित हुनेछ ।

कक्षा कोठामाभन्दा खुला, अतिरिक्त र वाहिरी क्रियाकलापले नतिजा बढाएको झा बताउनुहुन्छ । प्रधानाध्यापकलाई व्यवस्थापकीय पक्षसहित, शिक्षकहरुलाई विषयगत तालिम तथा समग्र चेतना विकासको आधारभूत तालिम, प्रविधिमा जोड्ने सिप, शैक्षिक क्रियाकलापको सबलीकरणका लागि डिजिटल क्रियाकलाप, शिक्षण सिकाई पेडागोजीमा सुधार, शिक्षण सिकाइका असल अभ्यास आदानप्रदान, विद्यार्थीको नतिजा सुधार तथा सफलताका लागि साथ दिने कार्यक्रम हुन् । उहाँको भनाइ छ ।