• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo
Latest
★   पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध ★   सरकारबाट माओवादी र एकीकृत समाजवादी बाहिरिँदै, कांग्रेस र लोसपा सहभागी हुने ★   कांग्रेस संसदीय दलको बैठक बस्दै ★   काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, बाढीका चेतावनी ★   पोर्चुगललाई पेनाल्टीमा हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा ★   दम्भभित्र लुकेको प्रधानमन्त्री दाहालको ‘अ’विश्वासको मत ★   जर्मनीलाई हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा ★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ ★   जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीले दिए राजीनामा

सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए ल्याउने विद्यालय



काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुबाट २०८० सालको एसईई परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ५४५ जना (१३.७७%) विद्यार्थीले ३.६१ देखि ४ जीपीए प्राप्त गरेको सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिनुभयो । गएको बर्ष १५० जना (३.८३%) विद्यार्थीले यो नतिजा प्राप्त गरेका थिए । यसरी हेर्दा गएको बर्षभन्दा यसमा बर्ष २५९% सुधार आएको छ ।

५८ वटा सामुदायिक विद्यालयबाट यस बर्ष ३ हजार ९५९ जना विद्यार्थीले परीक्षाका लागि आवेदन दिएका थिए । कुल परीक्षार्थीमध्ये ३ हजार ८६ जना (७८%) उत्तीर्ण भएका छन् । ८७३  जना (२२%) ले पुनः परीक्षा दिनुपर्ने भएको छ ।

गएको बर्ष ३ हजार ९१२ जना आवेदक थिए । 

झाकाअनुसार ३.६० देखि ३.२१ सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या यस वर्ष १ हजार ५०  जना (२६.५२%) छ । गएको बर्ष यो संख्या ४८८ जना (१२.४५ %) थियो । यो समूहमा गएको बर्षभन्दा यस बर्ष ११३% ले नतिजा वृद्धि भएको छ । यसमा नतिजा बढ्ने क्रममा छ ।

३.२० देखि २.८१ जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या यस बर्ष १ हजार ८० जना (२७.२८%) छ । गएको बर्ष ८०९ जना (२०.६३%) थियो । यस बर्ष गएको बर्षभन्दा ३२ प्रतिशत संख्या वृद्धि भएको छ । यस्तै २.८० देखि २.४१ जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या यस बर्ष ३९५ जना (९.९८%) छ । यसमा गएको बर्ष ९८२ जना (२५.०४ %) थियो । यस्तै २.४० देखि २.०१ जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या यस बर्ष १६ जना (०.४०%) छ । गएको बर्ष यो संख्या ९२३ जना (२३.५४%) थियो । यो नतिजाले कम संख्या ल्याउने विद्यार्थीको संख्या घटिरहेको र धेरै अङ्क ल्याउने विद्यार्थीको संख्या बढिरहेको देखाउँछ, झाको भनाइ छ ।

२ र त्यसभन्दा तल जीपीए ल्याउने विद्यार्थीको सख्या ८७३ छ । यो २२.०५% हो । गएको बर्ष यस समूहमा ५६९ जना अर्थात् १४.५२ प्रतिशत विद्यार्थी थिए ।

विश्व निकेतनका ४ जना विद्यार्थीले ल्याए ४ जीपीए

काठमाडौँको विश्व निकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वरका ४ जना विद्यार्थीले जीपीए ४ ल्याएका छन् । यो नेपालभरिका सामुदायिक विद्यालयमध्येकै उत्कृष्ट संख्या हो । यससँगै ज्ञानोदय माध्यमिक विद्यालय, वाफलका ३ जना, रत्नराज्य माध्यमिक विद्यालय, मध्य बानेश्वरका २ जना र तरुण माध्यमिक विद्यालय, बालाजुका १ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् । यसरी महानगरपालिकाभित्रका ५८ विद्यालयमध्ये ४ वटा विद्यालयका १० जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेको हुन् ।

उत्कृष्ट नतिजाका लागि महानगरपालिकाको प्रयत्न 

प्राप्त नतिजा महानगरपालिकाले सञ्चालन गरेको शैक्षिक सुधार कार्यक्रमको उपलब्धी हो । नतिजा  सुधार  कार्यक्रमअन्तर्गत  बिद्यालयको आवश्यकताअनुसार २ देखि ३ महिनासम्म  गणित, बिज्ञान र अंग्रेजी विषयकालागि बिशेष कक्षा सञ्चालन गरिएको थियो । सिकाई उपलब्धिका लागि उपचारात्मक कक्षा सञ्चालन गर्न बिद्यालयले माग गरेअनुसार काठमाडौँ महानगरपालिकाले अनुदान रकम उपलब्ध गराएको थियो । कार्यक्रम र बजेट हुँदा पनि सक्षम जनशक्तिको अभावमा नतिजा प्राप्त गर्न नसकिने हुँदा काठमाडौँ बिश्वबिद्यालयबाट सिकाइ सुधारका विशेषज्ञ शिक्षकको उपलब्धता गराइएको थियो ।

पुस्तकरहित शुक्रबारको माध्यम बाट सह–पाठ््यक्रम र अतिरिक्त  क्रियाकलापमा जोड दिंदै बिद्यार्थीको बहुआयामिक सिकाइको अभ्यास गरिएको थियो ।

शिक्षामा रुपान्तरण ल्याउन विद्यार्थीको सिकाइ सुधार महानगरपालिकाको प्राथमिकता हो । यसलाई सम्भव बनाउन  बिद्यार्थीको सिकाइ कमजोरी हुनुको मुल कारण बुझ्न र सोहीअनुसार सुधार कार्यक्रम कार्यान्वयन योजनाको आधार अहिले पनि अनुसन्धान भइरहेको छ । काठमाडौँ विश्वविद्यालयसँगको सहकार्यमा सञ्चालन भएको ‘टिचर कलेज कार्यक्रम’ यसको एउटा उदाहरण हो ।
शिक्षकको दक्षता अभिवृद्धि, पुस्तकरहित शुक्रबारको पाठ््यक्रम विकास, अनुसन्धानमा आधारित कार्ययोजना र त्यसको कार्यान्वयन  इनपुट, आउटपुट ‘टिचर कलेज कार्यक्रम’ बाट प्राप्त हुन्छ । नतिजा र प्रभावको अन्तरनिहित सम्बन्ध स्थापना गर्ने योजना यस कार्यक्रमबाट स्थापित हुनेछ ।

कक्षा कोठामाभन्दा खुला, अतिरिक्त र वाहिरी क्रियाकलापले नतिजा बढाएको झा बताउनुहुन्छ । प्रधानाध्यापकलाई व्यवस्थापकीय पक्षसहित, शिक्षकहरुलाई विषयगत तालिम तथा समग्र चेतना विकासको आधारभूत तालिम, प्रविधिमा जोड्ने सिप, शैक्षिक क्रियाकलापको सबलीकरणका लागि डिजिटल क्रियाकलाप, शिक्षण सिकाई पेडागोजीमा सुधार, शिक्षण सिकाइका असल अभ्यास आदानप्रदान, विद्यार्थीको नतिजा सुधार तथा सफलताका लागि साथ दिने कार्यक्रम हुन् । उहाँको भनाइ छ ।