९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै

डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै
अ अ+ अ-

लमजुङ। डुम्रे–बेँसीसहर–चामे सडकअन्तर्गत तनहुँको भानु नगरपालिका–३ चाम्बासदेखि बाइसजाँघरसम्म सडक विस्तारको काम भइरहेको छ । उक्त खण्डमा करिब ८.९ किलोमिटर सडक विस्तार एवं कालोपत्रको काम धमाधम अघि बढेको छ ।

उक्त सडक निर्माणको जिम्मा पिके निर्माण सेवा दाङले लिएको छ । रु ६२ करोडमा ठेक्का सम्झौता भएको सडकखण्डको हालसम्म करिब ३२ प्रतिशत भौतिक प्रगति भएको डुम्रे–बेँसीसहर सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभयो ।

आयोजनाका अनुसार २०८२ साल जेठमा सम्झौता भएको उक्त सडकखण्ड २०८४ जेठसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य छ । हाल सडक चौडा बनाउने, पर्खाल तथा नाली निर्माण र बेस तयार गर्ने काम भइरहेको छ । कालोपत्र, कल्भर्ट निर्माण तथा रङरोगन गर्न बाँकी छ ।

त्यसैगरी, चालु आर्थिक वर्षमा तनहुँको बाइसजाँगरदेखि लमजुङ–तनहुँ सिमाना हुँदै लमजुङको सुन्दरबजार नगरपालिका–७ पाउँदीसम्मको करिब ६.५ किलोमिटर सडक दुई लेनमा विस्तार गर्न रु ६८ करोड बजेट विनियोजन भएको छ । सो सडकखण्डको ठेक्का आह्वान भइसकेको र ठेकेदार छनोट प्रक्रिया अघि बढेको आयोजनाले जनाएको छ ।

लमजुङ, मनाङलगायतका जिल्लालाई जोड्ने प्रमुख मार्गका रूपमा रहेको उक्त सडक हुँदै अन्नपूर्ण पदमार्गमा जाने आन्तरिक तथा विदेशी पर्यटक आवतजावत गर्ने गरेका छन् । सडक दुई लेनमा विस्तार भएपछि यातायात सहज हुनुका साथै पर्यटन आवागमनमा वृद्धि हुने अपेक्षा छ । रासस