६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले पार्टीको अनुशासनबाट बाहिर जानेलाई कारबाही हुने बताउनुभएको छ ।

सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले पार्टी महामन्त्री डा. मुकुल ढकालबारे राखेको जिज्ञासामा यस्तो प्रतिक्रिया दिनुभएको हो । उहाँले अहिले केही पनि नभएको र महामन्त्रीलाई दिएको जिम्मेवारी पार्टी सभापति रवि लामिछानेलाई बुझाउनुभएको भन्दै बुधवार बस्ने पार्टी केन्द्रिय कमिटी बैठकले सोबारेमा निर्णय लिने बताउनु भयो । उहाँले बैठकमा महामन्त्री ढकालले बुझाउनुभएको प्रतिवेदनबारे छलफल हुने बताउँदै पार्टीको अनुशासनबाट बाहिर गएर काम गर्ने जो कसैलाई पनि कारबाही हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘केही भएको छैन, उहाँलाई एउटा जिम्मेवारी दिइएको थियो । त्यो जिम्मेवारी पूरा गरेर फर्किनुभएको होला । त्यसकारणले पार्टी सभापतिज्युलाई बुझाउनुभएको छ । हामी बैठक बस्दैछौँ । पर्सिको बैठकबाट के गर्नुपर्ने हो, त्यो गर्छौं । पार्टीको अनुशासनबाट कोही बाहिर जान्छ भने त्यो कारबाही हुनसक्छ, त्यो मलाई पनि, उहाँलाई पनि, सभापतिलाई पनि सबैलाई लागू हुनेकुरा हो । हामीले प्रतिवेदन पढेका छैनौँ । पार्टी सभापति र लेख्ने मान्छेलाई मात्रै थाहा छ । त्यो हेरिसकेपछि मात्रै, छलफल गरिसकेपछि आफ्नो धारणा बनाउँछौँ ।’

उहाँले आफूले प्रतिवेदन नपाएको प्रतिवेदन पाएर अध्ययन गरेपछि मात्रै आफ्नो धारणा बनाउने बताउनु भयो ।