१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवाका बाढीपहिरो प्रभावित क्षेत्रमा बागमती सरकारले आकस्मिक स्वास्थ्य टोली परिचालन गर्‍यो भोटेकोशी बाढीबाट रसुवा र नुवाकोटका १४ जलविद्युत् आयोजना प्रभावित नेपालमा आएको बाढीप्रति पाकिस्तानी दूतावासद्वारा दुःख व्यक्त भोटेकोशी बाढीबाट रसुवा र नुवाकोटका १४ जलविद्युत् आयोजना प्रभावित विपद्मा राष्ट्रिय एकताका साथ उद्धारमा जुट्न सांसद विकको आग्रह लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन भोटेकोशी बाढीमा ३८४ पर्यटक तथा पदयात्री बेपत्ता भोटेकोशी बाढीः बाह्र पावर हाउसमा क्षति भोटेकोशी बाढीले व्यापार र यातायात पूर्वाधारमा जोखिम बढायो : नाडा उद्धारमा सहयोग गर्न हेलिकोप्टर र ड्रोन सञ्चालकलाई विपद् प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैरागी काइँला र एलपी जोशीलाई पुरस्कृत गरिने



अ+ अ-

काठमाडौँ: जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानले २०८० सालको जनकविकेशरी धर्मराज–सावित्री थापा लोक संस्कृति–साहित्य पुरस्कार र जनकविकेशरी धर्मराज–सावित्री थापा लोक गीत–सङ्गीत पुरस्कारका लागि स्रष्टाको नाम घोषणा गरेको छ ।

प्रतिष्ठानले जनकविकेशरी धर्मराज–सावित्री थापा लोक संस्कृति–साहित्य पुरस्कार आयामिक सिद्वान्तका प्रवर्तकमध्येका एक आयामवादी कवि बैरागी काइँला र जनकविकेशरी धर्मराज–सावित्री थापा लोक गीत–सङ्गीत पुरस्कार लोक संस्कृतिकर्मी एलपि जोशी ९लक्ष्मीप्रसाद जोशी०लाई प्रदान गर्ने भएको हो ।

प्रतिष्ठानका अध्यक्ष मदनराज थापाका अनुसार नेपाली लोक संस्कृति–साहित्यको श्रीवृद्विमा निरन्तर समर्पित भई राष्ट्रिय र अन्तर्राष्ट्रिय  क्षेत्रमा योगदान गरेकाले कवि काइँलालाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो ।

त्यसैगरी विगत ६ दशकदेखि नेपाली लोकगीत गायन र सङ्कलन गर्दै  लोकगीत सङ्गीतको समुन्नतिमा लागि परेर यस क्षेत्रमा विशिष्ट योगदान दिँदै  आउनुभएका लोक संस्कृतिकर्मी जोशीलाई २०८० सालको जनकविकेशरी धर्मराज–सावित्री थापा लोक गीत–सङ्गीत पुरस्कार प्रदान गर्न लागिएको हो ।

पचास हजार राशिका यी दुवै पुरस्कार आगामी साउन १ गते प्रदान गरिने अध्यक्ष थापाले बताउनुभयो । नेपालको लोक संस्कृति तथा लोकगायनका क्षेत्रमा लामो समय काम गर्नुभएका जनकविकेशरी धर्मराज थापा तथा उहाँकी धर्मपत्नी सावित्री थापाको स्मृतिमा जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानले यी पुरस्कारको स्थापना गरेको हो । रासस