काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कुनै पनि कालखण्डमा भएकामध्ये २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी भै रहेको बताउनु भएको छ ।
सोमबारको प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत प्रश्नको जवाफ दिँदै उहाँले भ्रष्टाचारी एक दिन कानुनको दायरामामा आउँछ भन्ने विश्वास जनतामा ल्याउनुपर्ने आवश्यकता रहेको जनाउनु भयो । उहाँले भन्नुभयो भ्रष्टाचार राजनीतिको दाउपेज बन्न हुदैन भइरहेको काण्डहरूको मात्र हैन कुनै पनि कालखण्डमा भएको काण्डहरूलाई छानबिन गर्न शक्तिशाली आयोग बनाउने तयारी छ । यो साहस आँटका साथ प्रस्तुत भएका छौँ। ”
उहाँले भन्नुभयो अख्तियार लगायतका संस्थाबाट विभिन्न अड्चनले गर्दा आशा गरिएको अनुसार नतिजा प्राप्त गर्न सकिएको छैन ।
उहाँले भन्नुभयो ‘मेरो र उसको नभनी सबैको पालामा प्रत्येक प्रकरणको छानबिन गर्ने र अख्तियारले पनि निष्पक्ष रूपमा अभियोजन र न्यूनीकरण गर्नुपर्छ । भ्रष्टाचार राजनीतिको दाउपेच बन्न हुदैन । ”
तस्बिर-रासस