२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारतले जित्यो टी–२० विश्वकपको उपाधि



अ+ अ-

काठमाडौँ । टी–२० विश्वकपको उपाधि भारतले जितेको छ ।

भर्खरै सम्पन्न फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारत च्याम्पियन बनेको हो । पहिलो पटक फाइनल खेलेको दक्षिण अफ्रिका उपाधि जित्नबाट चुक्यो । भारतको भने यो दोस्रो उपाधि हो ।

भारतले दिएको १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाएर १६९ रनमात्रै बनाउन सक्यो । उसका लागि हेनरिक क्लासेनले २७ बलमा ५२ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीको हार टार्न सकेनन् । यस्तै, क्विन्टन डि ककले ३९, ट्स्टिन स्टब्सले ३१, डेभिड मिलरले २१ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ भारतका हार्दिक पाण्ड्याले ३, अर्शदीप सिंह र जसप्रित बुमराहले २–२ तथा अक्षर पटेलले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको भारतले २० ओभरमा ७ विकेटको क्षतिमा १७६ रन जोड्यो । उसका लागि विराट कोहलीले सर्वाधिक ७६ रनको योगदान दिए ।

५९ बल खेलेका उनले ६ चौका र २ छक्का हिर्काए । यस्तै, अक्षर पटेलले ४७, शिबम् दुबेले २३ रन जोडे ।

बलिङतर्फ दक्षिण अफ्रिकाका केशव महाराजले २, मार्को यानसेन र कागिसो रबाडाले १–१ विकेट लिए ।