• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

के कोहलीले फाइनलका लागि रन बचाएर राखेका हुन् ?



काठमाडौं । ७ खेलमा ७५ रन । झट्ट हेर्दा यो आँकडा तल्लो स्तरको ब्याट्सम्यानको जस्तो देखिन्छ । तर, यो विश्वकपका आँकडा भारतीय स्टार ब्याट्सम्यान विराट कोहलीका हुन् ।

विश्वभरका लगभग हरेक ब्याटिङ रेकर्डमा जसको नाम समावेश छ त्यस ब्याट्सम्यानको यस्तो प्रदर्शन अचम्मको छ ।

प्रश्न उठ्छ कि विराटले फाइनलमा के गर्नेछन् ? त्यहाँ गेम चेन्जर हुनेछन् ? के विराट खेलको म्यान अफ द म्याच बन्नेछन् ? भारतीय कप्तान रोहित शर्माको यो विश्वास छ ।

इङ्ल्यान्डविरुद्धको जितपछि रोहित शर्माले १५ वर्षदेखि क्रिकेट खेल्दै आएका ब्याट्सम्यानका लागि फर्मले कुनै फरक नपर्ने बताएका छन् । सायद कोहलीले फाइनलका लागि सबै रन बचत गरेका छन् ।

यसको कारण हो कोहलीका यस्ता ५ खेल, जसमा उनले एक्लैले टोलीलाई जित दिलाएका छन् ।

१. एकदिवसीय विश्व कप फाइनल – २०११
मुम्बईको वानखेडेमा भारतले श्रीलंकाविरुद्ध २ सय ७५ रनको लक्ष्य पछ्याएको थियो । सचिन तेन्दुलकर र वीरेन्द्र सहवाग आउट भए । ३१ रन मात्र बन्यो । साझेदारी आवश्यक थियो । कोहलीले मात्र ३५ रनको इनिङ खेले तर गम्भीरसँग ८३ रनको साझेदारी गरे । रन पछ्याउने क्रममा भारतको सुरुवात खराब रह्यो ।

२. च्याम्पियन्स ट्रफी फाइनल – २०१३
इङ्ल्यान्ड र भारतबीचको यो ५०–५० ओभरको खेल वर्षाका कारण २०–२० ओभरमा घटाइएको थियो । भारतीय टोलीले ७ विकेट गुमाएर १२९ रन मात्र जोडेको थियो । यसमा कोहलीको ४३ रनको योगदान थियो । दुवै टोलीबाट कोहलीले सर्वाधिक रन बनाए । यो खेल भारतले जितेको थियो ।

३. टी–२० विश्वकप २०१४ को सेमिफाइनल
यो सेमिफाइनल भारत र दक्षिण अफ्रिकाबीच भएको थियो । दक्षिण अफ्रिकाले भारतलाई कुल १७३ रन दिएको थियो । विराट कोहलीले अविजित ७२ रनको इनिङ खेले । १९ औं ओभरमा भारतले लक्ष्य पछ्यायो ।

४. टी–२० विश्वकप –२०१६
सुपर १० मा भारतले अस्ट्रेलियासँग खेल्दै थियो । सेमिफाइनल पुग्न भारतलाई जित आवश्यक थियो । अस्ट्रेलियाले १६१ रनको लक्ष्य दिएको थियो । भारतले १४ ओभरमा ९४ रन बनाएको थियो । भारतको स्कोर ६ ओभरमा २३ रन थियो । जितका लागि १३८ रनको आवश्यकता थियो र कोहली ब्याटिङमा आए । सुरुमा समय लागे पनि उनले पछि छिटो ब्याटिङ गरे । ९ चौका र २ छक्का प्रहार गरे । ८२ रनको अविजित इनिङ खेल्दै कोहलीले जित दिलाए ।

५. टी–२० विश्व कप – २०२२
समूह २ को खेलमा भारत र पाकिस्तान आमनेसामने भएका थिए । पाकिस्तानले भारतलाई १६० रनको लक्ष्य दिएको थियो । पाकिस्तानी फास्ट बलरहरुले भारतको ४ विकेट ३१ रनमा घटाएका थिए । कोहलीले ८२ रनको अविजित इनिङ खेल्दै क्रिजमा थिए । हार्दिकसँग ११३ रनको साझेदारी गर्दै कोहलीले भारतलाई असम्भव जित दिलाए ।

दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय, टेस्ट र टी–२० मा विराट कोहलीको ब्याटिङ प्रभावकारी रहेको छ । ६० खेलमा उनको औसत ५५ भन्दा बढी छ, जसको अर्थ उनले हरेक इनिङ्समा यति धेरै रन बनाएका छन् । टी–२० को १२ इनिङ्समा ३१८ रन बनाएका छन् । उच्चतम रन ७२ रहेको छ । उनले २ अर्धशतक बनाएका छन् ।