८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार

के कोहलीले फाइनलका लागि रन बचाएर राखेका हुन् ?

के कोहलीले फाइनलका लागि रन बचाएर राखेका हुन् ?
अ+ अ-

काठमाडौं । ७ खेलमा ७५ रन । झट्ट हेर्दा यो आँकडा तल्लो स्तरको ब्याट्सम्यानको जस्तो देखिन्छ । तर, यो विश्वकपका आँकडा भारतीय स्टार ब्याट्सम्यान विराट कोहलीका हुन् ।

विश्वभरका लगभग हरेक ब्याटिङ रेकर्डमा जसको नाम समावेश छ त्यस ब्याट्सम्यानको यस्तो प्रदर्शन अचम्मको छ ।

प्रश्न उठ्छ कि विराटले फाइनलमा के गर्नेछन् ? त्यहाँ गेम चेन्जर हुनेछन् ? के विराट खेलको म्यान अफ द म्याच बन्नेछन् ? भारतीय कप्तान रोहित शर्माको यो विश्वास छ ।

इङ्ल्यान्डविरुद्धको जितपछि रोहित शर्माले १५ वर्षदेखि क्रिकेट खेल्दै आएका ब्याट्सम्यानका लागि फर्मले कुनै फरक नपर्ने बताएका छन् । सायद कोहलीले फाइनलका लागि सबै रन बचत गरेका छन् ।

यसको कारण हो कोहलीका यस्ता ५ खेल, जसमा उनले एक्लैले टोलीलाई जित दिलाएका छन् ।

१. एकदिवसीय विश्व कप फाइनल – २०११
मुम्बईको वानखेडेमा भारतले श्रीलंकाविरुद्ध २ सय ७५ रनको लक्ष्य पछ्याएको थियो । सचिन तेन्दुलकर र वीरेन्द्र सहवाग आउट भए । ३१ रन मात्र बन्यो । साझेदारी आवश्यक थियो । कोहलीले मात्र ३५ रनको इनिङ खेले तर गम्भीरसँग ८३ रनको साझेदारी गरे । रन पछ्याउने क्रममा भारतको सुरुवात खराब रह्यो ।

२. च्याम्पियन्स ट्रफी फाइनल – २०१३
इङ्ल्यान्ड र भारतबीचको यो ५०–५० ओभरको खेल वर्षाका कारण २०–२० ओभरमा घटाइएको थियो । भारतीय टोलीले ७ विकेट गुमाएर १२९ रन मात्र जोडेको थियो । यसमा कोहलीको ४३ रनको योगदान थियो । दुवै टोलीबाट कोहलीले सर्वाधिक रन बनाए । यो खेल भारतले जितेको थियो ।

३. टी–२० विश्वकप २०१४ को सेमिफाइनल
यो सेमिफाइनल भारत र दक्षिण अफ्रिकाबीच भएको थियो । दक्षिण अफ्रिकाले भारतलाई कुल १७३ रन दिएको थियो । विराट कोहलीले अविजित ७२ रनको इनिङ खेले । १९ औं ओभरमा भारतले लक्ष्य पछ्यायो ।

४. टी–२० विश्वकप –२०१६
सुपर १० मा भारतले अस्ट्रेलियासँग खेल्दै थियो । सेमिफाइनल पुग्न भारतलाई जित आवश्यक थियो । अस्ट्रेलियाले १६१ रनको लक्ष्य दिएको थियो । भारतले १४ ओभरमा ९४ रन बनाएको थियो । भारतको स्कोर ६ ओभरमा २३ रन थियो । जितका लागि १३८ रनको आवश्यकता थियो र कोहली ब्याटिङमा आए । सुरुमा समय लागे पनि उनले पछि छिटो ब्याटिङ गरे । ९ चौका र २ छक्का प्रहार गरे । ८२ रनको अविजित इनिङ खेल्दै कोहलीले जित दिलाए ।

५. टी–२० विश्व कप – २०२२
समूह २ को खेलमा भारत र पाकिस्तान आमनेसामने भएका थिए । पाकिस्तानले भारतलाई १६० रनको लक्ष्य दिएको थियो । पाकिस्तानी फास्ट बलरहरुले भारतको ४ विकेट ३१ रनमा घटाएका थिए । कोहलीले ८२ रनको अविजित इनिङ खेल्दै क्रिजमा थिए । हार्दिकसँग ११३ रनको साझेदारी गर्दै कोहलीले भारतलाई असम्भव जित दिलाए ।

दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय, टेस्ट र टी–२० मा विराट कोहलीको ब्याटिङ प्रभावकारी रहेको छ । ६० खेलमा उनको औसत ५५ भन्दा बढी छ, जसको अर्थ उनले हरेक इनिङ्समा यति धेरै रन बनाएका छन् । टी–२० को १२ इनिङ्समा ३१८ रन बनाएका छन् । उच्चतम रन ७२ रहेको छ । उनले २ अर्धशतक बनाएका छन् ।