• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

भारत र दक्षिण अफ्रिकाबीचको फाइनलमा पानी पर्ने सम्भावना, आज खेल नभए के हुन्छ ?



काठमाडौँ । टी–२० विश्वकप २०२४ को फाइनल खेल नेपाली समयानुसार आज राति सवा ८ बजे भारत र दक्षिण अफ्रिकाबीच बार्बाडोसको ब्रिजटाउनमा सुरु हुँदैछ । बार्बाडोसमा अहिले बिहानको समय छ । पानी परेको छैन र आकाश सफा छ । घाम पनि निस्किसकेको छ ।

समयमै टस हुने सम्भावना धेरै छ । तर, फाइनल खेलमा वेस्ट इन्डिजको स्थानीय समय दिउँसो १ः३० र नेपालको सवा ११ बजे सबैभन्दा बढी ५१ प्रतिशत वर्षा हुने सम्भावना छ ।

यदि यो खेल वर्षाका कारण आज सम्पन्न हुन सकेन भने रिजर्भ डे अर्थात ३० जुनमा फेरि सोही रंगशालामा खेलाइनेछ ।

विश्वकपमा हालसम्म भएका ५४ खेलमध्ये ८ खेलहरु वर्षाले प्रभावित हुन पुगेका छन् । जसमध्ये ४ खेल डिएलएसमा भएको थियो भने ४ खेल नतिजाबिहिन रह्यो ।