२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

धान दिवस: रोपाइँको रौनक-फोटो फिचर 

धान दिवस: रोपाइँको रौनक-फोटो फिचर 
अ अ+ अ-

काठमाडौं ।  किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापा छ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ ।

यस वर्ष असार मध्यसम्म पनि पर्याप्तमात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति धान रोपाइँ हुन सकेको छैन । कति ठाउँमा रासायनिक मलको पनि अभाव भएको गुनासो किसानले गर्ने गरेका छन् ।

विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश जनतको पेसा खेतीपाती हो ।

 धनगढी उपमहानगरपालिका–११ बेलामा २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ कार्यक्रममा शनिबार समूहिक रुपमा धान रोप्दै जिल्ला समन्वय समिति कैलालीका प्रमुख खगराज भुसाललगायत सरकारी निकायका कर्मचारी । तस्बिर: मीन ठकुरी÷रासस

एक्काइसौँ राष्ट्रिय धान दिवसको अवसरमा नेपाल किसान महासङ्घले नुवाकोटका लिखु गाँउपालिका–६ मा आयोजना गरेको बृहत् रोपाई कार्यक्रममा रोपाइँमा सहभागी हुँदै नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महत । तस्बिर: रामहरि न्यौपाने-रासस

राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव अवसरमा शनिबार अर्घाखाँचीकोे सन्धिखर्क– १ सुक्मी फाँटमा रोपाइँ गर्दै रोपाहारहरू । तस्बिरः प्रेमनारायण आचार्य÷रासस

राष्ट्रिय धान दिवस अवसरमा तारकेश्वर नगरपालिका– १० स्थित मनमैजुमाको खेतमा रोपाइँ सहभागी रोपाहार । तस्बिर: हरिराम भेटुवाल÷रासस

भरतपुर महानगरपालिका– ६ मा एक्काइसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ कार्यक्रममा हिलो खेल्दै स्थानीय महिलाहरू । तस्बिर ः प्रदीपराज वन्त÷रासस

भरतपुर महानगरपालिका– ६ मा एक्काइसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ कार्यक्रममा विद्यालयका बालबालिका हिलो खेल्दै । तस्बिर: प्रदीपराज वन्त-रासस

दाङको घोराही उपमहानगरपालिका–१८ स्थित संखेपिपलमा उपमहानगरपालिकाको कृषि तथा पशु पन्छी व्यवसाय प्रवर्धन शाखाको आयोजनामा २१औँ राष्ट्रिय धान दिवसको अवसरमा गरिएको रोपाइँ कार्यक्रमका रोपहारहरु। तस्बिर ः कुलदीप न्यौपाने ÷ रासस

एक्काइसौ राष्ट्रिय धान दिवसको अवसरमा तारकेश्वर नगरपालिका– १० स्थित मनमैजुमा स्थानीय किसान खेतमा रोपाइँ गर्दै। तस्बिर ः हरिराम भेटुवाल रासस

धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा करेसाबारी कृषि सहकारी संस्थाले शनिबार सुनसरीको इनरुवामा आयोजना गरेको रोपाइँ कार्यक्रममा धान रोप्दै पुरुष रोपाहार । तस्बिर ः नवीन गड्तौला÷रासस

चितवनको भरतपुर महानगरपालिका– ६ स्थित धान दिवसको उपलक्ष्यमा रोपाइँका लागि खेत सम्याउन गोरुहल हिल्याउँदै एक किसान । तस्बिर ः प्रदीपराज वन्त÷रासस

राष्ट्रिय धान दिवसकाे अवसरमा भद्रपुर नगरपालिकाले आयाेजना गरेकाे कार्यक्रममा धान राेप्दै सहभागी तस्बिर : दिपक चन्द/ रासस

पोखरा महानगरपालिका ३२ तल्लो गगनगौडामा रोप्नका लागि तयार गरेको खेत र उड्दै गरेका बकुल्ला । तस्बिर : वासुदेव पौडेल / रासस

फोटो- रासस