८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिधा कुरा डटकममा प्रसारण भएको डार्क फाइलको अडिओ झुटो रहेको निष्कर्ष



अ+ अ-

काठमाडौँ । ‘सिधाकुरा डट कम’मा प्रसारण भएको ‘डार्क फाइल’ को अडिओ झुटो भएको पाइएको छ ।

सर्वोच्च अदालतको आदेशअनुसार प्रहरीले साइबर ब्युरोका प्रमुखसमेत रहेका डिआइजी नविन्द अर्याल नेतृत्वको ६ सदस्यीय छानबिन समिति बनाएको थियो । उक्त समितिले अडिओ झुटो भएको निष्कर्ष निकालेको हो ।

सिधाकुरा डट कमले अदालतका न्यायाधीश, केही वरिष्ठ वकिल र मिडिया सञ्चालकहरूलाई मुद्दा मिलाएको आरोप लगाउँदै उक्त अडिओसहितको समाचार प्रकाशन गरेको थियो ।

सर्वोच्च स्रोतका अनुसार छानबिन प्रतिवेदनमा सिधा कुरा डट कमलाई अडिओ दिने राजकुमार तिमिल्सिनाले गत वैशाख ५ गते बिहानतिर उक्त अडिओ आफै रेकर्डिङ गरेको उल्लेख गरिएको छ ।

अडिओ परीक्षण गर्दा तिमल्सिनाको बाहेक अन्य आरोप लगाइएका कसैसँग पनि मेल नखाएको प्रतिवेदनमा उल्लेख छ ।

सिधा कुरा डटकमले गत वैशाख १४ गते ‘चार सय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ अपरेसन’ भनेर समाचार प्रसारण गरेको थियो ।

अडिओ प्रसारणभएपछि सर्वोच्चले अदालतको अवहेलना भएको भन्दै रिट दायर भएको थियो भने त्यसपछि सिधाकुराले उक्त सामग्री हटाएको थियो ।