• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo

भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ



काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले भलिबलको लागि आवासीय कबर्ड हल बनाउने बताउनुभएको छ ।

शनिवारबाट काठमाडौंमा शुरु भएको आठौं एनभिए महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आगामी आर्थिक वर्षमा भलिबलको लागि एउटा आवासीय कबर्ड हल बनाउन कुरामा छलफल भइरहेको र बन्नेमा आशावादी रहेको बताउनु भयो । उहाँले नेपालमा भलिबल खेलको निकै ठूलो सम्भावना रहेको बताउनु भयो । उहाँले भलिबलको लागि राम्रो कभर्ड हल बनाउने चुनौति अहिले रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भलिबलको बारेमा अलिकति कुरा तपाईंहरुलाई निवेदन गर्न चाहन्छु । भलिबलको एकदम सम्भावना अझ हाम्रो पहाडतिर, गाउँतिर, मधेसतिर धेरै खेल्ने खेल हो । राष्ट्रिय गेम भएपनि यसको राम्रो खेल्ने डेडिकेटेड हिसावले एउटा हल बन्ने हामी सबैको एउटा साझा चुनौति भएको छ ।

यही बजेटमा पनि, यही नीति तथा कार्यक्रममा पनि भलिबलको लागि एउटा गन्तव्यको रुपमा विकास गर्न खोजेको तर जग्गा प्राप्तिका यावत समस्याहरुले सकेका छैनौँ । यही पाली भलिबलको लागि एउटा आवासीय कभर्ड हल बनाउन हामी सबै मिलेर सक्छौँ की भन्नेमा आशावादी छु ।’

मन्त्री श्रेष्ठले खेल क्षेत्रको विकासका लागि सबै मिलेर लाग्नुपर्ने बताउनु भयो ।