१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु

टस हार्नु हाम्रो लागि सौभाग्य भयो: एडेन मार्करम

टस हार्नु हाम्रो लागि सौभाग्य भयो: एडेन मार्करम
अ अ+ अ-

एजेन्सी । टी–२० विश्वकप २०२४ को पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाको घातक बलिङ देखियो । नकआउट खेलमा मार्को जान्सन, कागिसो रबाडा र एनरिके नोर्खियाका अलावा तबरेज शम्सीको घातक बलिङमा अफगानिस्तानलाई ११.५ ओभरमा ५६ रनमा अलआउट गरे। एडेन मार्करमको कप्तानीमा दक्षिण अफ्रिका विश्वकप इतिहासमा पहिलो पटक फाइनलमा प्रवेश गरेको छ ।

दक्षिण अफ्रिकाको यो ऐतिहासिक जितपछि कप्तान एडेन मार्कराम र टोली निकै खुसी देखिएका थिए । एडेन मार्करामको कप्तानीमा दक्षिण अफ्रिकाले अन्डर-१९ विश्वकप जितेको थियो । तर, तुलनामा मार्करमले यो फाइनल अन्डर १९ विश्वकपको फाइनलभन्दा कठिन भएको बताए । यससँगै मार्करमले विगतका अनुभवहरू बिर्सेर आफ्नो खेलमा ध्यान केन्द्रित गर्न टोलीसहित खेलाडीलाई आग्रह गरे ।

दक्षिण अफ्रिकालाई पहिलो पटक फाइनलमा पुर्‍याएपछि कप्तान मार्करमले भने, टीमलाई यहाँसम्म ल्याउने कप्तानले मात्रै होइन, सम्पूर्ण टोलीको प्रयासले पनि ठूलो योगदान दिन्छ। पर्दा पछाडि पनि धेरै मान्छे छन् । टस हार्नु सौभाग्यको कुरा हो, टस जितेको भए हामीले ब्याटिङ पनि गर्थ्यौं । हामीले उत्कृष्ट बलिङ गर्‍यौं। बलरहरूले हाम्रो लागि उत्कृष्ट प्रदर्शन गरे। ब्याटिङ पनि चुनौतीपूर्ण थियो।’

‘फाइनलमा पुग्न पाउँदा निकै खुसी छु । हामीले केही नजिकका खेलहरू पनि खेल्यौं। हामीले अलिकति भाग्य पायौं र त्यसपछि हामीले सानो साझेदारी बनायौं। यो फाइनल अन्डर-१९ विश्वकपभन्दा पनि कठिन छ । यी दुईको तुलना हुन सक्दैन । हामी विगतका अनुभवहरू बिर्सने प्रयास गर्नेछौं र हाम्रो खेलमा ध्यान केन्द्रित गर्नेछौं।’