• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   आर्थिक विधेयक,२०८१ मा संशोधित व्यवस्था दुरुपोग हुने सम्भावना छैनः अर्थमन्त्री पुन ★   नेकपा एसको दस्ताबेजमा आफूलाई अस्थिर भनेकोप्रति प्रधानमन्त्रीको असन्तुष्टि ★   सरकारी गाडीले लेन मिचेपछि ट्राफिक प्रहरीले गर्यो कारबाही ★   नेकपा एसको १०औँ राष्ट्रिय महाधिवेशन सुरु, अध्यक्ष नेपालले रिमोट चलाएर उद्घाटन गरे ★   भ्रष्टाचारलाई समााप्त गर्ने कुरामा प्रतिष्पर्धा गरौँः सम्मानित नेता खनाल ★   महिनाको १५ दिन पाँच तारे होटलमा खाना खाने नेताहरुले समाजवाद ल्याउन सक्दैनन्ः अध्यक्ष राउत ★   जनता र नेतृत्वको प्राथमिकता फरक हुँदा मुलुक अफ्ठ्यारोमा पर्याेः सभापति लामिछाने ★   नेपालको राजनीतिक अवस्था जटिल मोडमा छः अध्यक्ष श्रेष्ठ ★   कमिसनतन्त्र र भ्रष्टाचार संघदेखि प्रदेशसम्मै बढेर गयोः अध्यक्ष यादव ★   संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण गर्न आवश्यकः देउवा

टीआरसीमा सहमति खोज्न प्रमुख दल सहमत



काठमाडौं । प्रमुख राजनीतिक दलहरू संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन शान्ति प्रक्रियाका बाँकी काम सहमतिबाटै पूरा गर्न सहमत भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले हिजो साँझ बालुवाटारमा बोलाएको बैठकमा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेता संक्रमणकालीन न्यायसम्बन्धी विधेयमा सहमति जुटाउन सहमत भएका हुन् ।

विधेयकमा यसअघि जुट्न नसकेको बुँदामा सहमति खोज्न सहमत भएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले जानकारी दिए ।

तीन दलबीच टीआरसी विधेयकलाई कसरी अघि बढाउने र शान्ति प्रक्रियाका बाँकी कामलाई कसरी निष्कर्षमा पुर्‍याउने विषयमा छलफल भएको थियो । त्यसमा पनि खासगरी संक्रमणकालीन न्यायलाई टुंगो लगाउनुपर्नेमा दलहरु एकमत देखिएका छन् ।

संसद्को समितिमा छलफलका क्रममा ४ वटा बुँदामा सहमति जुट्न सकेको छैन । अब सबैभन्दा पहिलो यिनै बुँदामा सहमति जुटाउने निर्णय भएको छ ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा मेलमिलापका सम्बन्धमा पीडित पक्षको स्वतन्त्र सहमति गरेर टुंग्याउने भनिएको थियो । त्यस्तै गम्भीर मानवअधिकार र मानवअधिकार उल्लंघनमा कस्ताकस्ता कुराहरूलाई समावेश गर्ने, बालसेनामा भर्ती भएका र द्वन्द्व पीडितलाई दिने क्षतिपूर्तिबारे दलहरूबीच मतभेद छ ।

प्रधानमन्त्री दाहालले बोलाएको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित अन्य नेताहरू सहभागी थिए ।




भर्खरै