१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत र इंग्ल्यान्डबिचको खेलमा वर्षाको डर, रद्द भए के हुन्छ?



अ+ अ-

काठमाडौँ । गुयानाको प्रोभिडेन्स स्टेडियममा आज टी–२० विश्वकपको दोेस्रो सेमिफाइनलमा भारतले इंग्ल्याण्डको सामना गर्नेछ । गुयानामा हुन लागेको यो हाई भोल्टेज खेल नेपाली समय अनुसार बेलुकाको ८:१५ बजेबाट सुरु हुँदैछ ।

म्याचको दिन गुयानामा वर्षा हुने सम्भावना ७० प्रतिशत छ तर त्यहाँ कुनै रिजर्भ डे छैन । रिजर्भ डे नहुने भए पनि खेलका लागि २५० मिनेटको अतिरिक्त समय दिइएको छ । त्यसैले बेलाबेलामा वर्षा रोकिन थाल्यो भने खेल कुनै न कुनै रुपमा टुंगिन सक्छ ।

खेल नभएमा भारतीय टोली सुपर–८ राउण्डमा समूहको शीर्ष स्थानमा रहेकाले फाइनलमा पुग्ने छ । इङ्ल्यान्ड टोली आफ्नो समूहमा दोस्रो स्थानमा रहेकोले हार बेहोर्न सक्छ।

भारत र इंग्ल्याण्डको खेल गुयानामा स्थानीय समय अनुसार बिहान १०:३० बजे सुरु हुनेछ । करिब ४:३० घन्टाको अतिरिक्त समय पनि थप भयो भने खेल पूरा गर्न साँझ ६ देखि ७ बजेसम्मको समय हुनेछ ।

यदि टी २० खेलमा पानी पर्न थाल्यो भने, डिएलए विधि प्रयोग गर्न दुवै इनिङ्समा कम्तिमा ५ ओभर खेल्न आवश्यक छ। तर आईसीसीको नियम अनुसार सेमिफाइनल र फाइनलमा डिएलए विधिका लागि कम्तिमा १०–१० ओभरको खेल हुनुपर्ने हुन्छ ।

अर्थात् आजको कुनै पनि सेमिफाइनलमा वर्षा भएमा नतिजा पाउन १०–१० ओभरको खेल आवश्यक छ । एक इनिङ्समा १० ओभर बलिङ गर्न ४५ देखि ५५ मिनेटको समय हुन्छ। १०–१० ओभरको खेल डेढ देखि दुई घण्टामा पूरा गर्न सकिन्छ अर्थात् गुयानामा २ घण्टाको खेल भए पनि नतिजामा पुग्न सकिन्छ ।

मौसम वेबसाइटको अनुसार, गुयानामा आज दिनभर ७५ प्रतिशत सम्म वर्षा हुने अपेक्षा गरिएको छ। शहरमा बिहान ९ बजे ४० प्रतिशत, १० बजे ६६ प्रतिशत, ११ बजे ७५ प्रतिशत र दिउँसो १२ बजे ५० प्रतिशतसम्म वर्षाको सम्भावना रहेको छ । खेल बिहान १०:३० बजे सुरु हुने तालिका छ । पहिलो ३ घण्टामा ५० प्रतिशत भन्दा बढी वर्षाको सम्भावना छ।

दक्षिण अफ्रिका र अफगानिस्तानबीचको पहिलो सेमिफाइनलको लागि रिजर्भ डे थियो । तर, वर्षाले खेलमा कुनै बाधा नआएपछि खेल २ घण्टामै सकिएको थियो । अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका फाइनलमा प्रवेश गरिसकेको छ ।

दोस्रो सेमिफाइनलको लागि भने रिजर्भ डे छैन । दिनको खेल र समय अभावका कारण रिजर्भ डे नराखिएको बुझिएको छ । समय अभावका कारण २७ जुनमा दोस्रो सेमिफाइनलमा रिजर्भ डेको सट्टा २५० मिनेट अतिरिक्त समय दिइएको थियो । २९ जुनमा फाइनल तोकिएको छ ।

सेमिफाइनलको खेल बराबरी भएमा समूह चरणको नियम जस्तै नकआउटमा पनि सुपर ओभरको प्रयोग हुनेछ । यदि सुपर ओभर पनि टाई रह्यो भने अर्को सुपर ओभर हुनेछ।