• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

बालुवाटारमा प्रमुख तीन दलको बैठक जारी



काठमाडौँ । बालुवाटारमा प्रमुख तीन दलका नेताहरुबिच छलफल जारी रहेको छ।

टीआरसीलगायतका विषयमा सहमति जुटाउन प्रमुख तीन दलका नेताहरु छलफलमा जुटेको बताइएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित , एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, नेता कृष्ण सिटौला सहभागी रहेका छन् । यस्तै, पूर्वमहान्याधिवक्ता रमेश बडाल, अग्नि खरेल, कानुनका जानकार राधेश्वास अधिकारसमेत सहभागी रहेका छन् ।

यस्तै बैठकमा तीन दलका दोस्रो तहका नेताहरु पनि सहभागी छन् । बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, एमालेका प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मालगायतका नेताहरु छन् ।

बैठकमा टीआरसीबाहेक अन्य समसामयिक विषयमा पनि कुराकानी हुने बुझिएको छ ।