६ भाद्र २०८३, शनिबार
,
Latest
युक्रेनमा भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छः मन्त्री रावल गरिमालाई न्याय माग्दै माईतीघरमा प्रदर्शन सङ्गठनात्मक कार्य सम्पन्न गरी सडक सङ्घर्षमा केन्द्रित हुन नेतृ सुवेदीको आह्वान वागमती प्रदेशका मुख्यमन्त्री थापाले भदौ ८ गते विश्वासको मत लिने मधेस सरकारद्वारा नीति तथा योजना आयोगको ‘ओएण्डएम सर्वे’ स्वीकृत दोषीलाई कारबाही गर्न अध्यक्ष घिसिङको माग हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने उद्योगमन्त्री यादवको प्रतिवद्धता पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित इबोला प्रकोपबिच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्ल्याण्डलाई ६८ रनले हराउँदै भारत टी–२० विश्वकपको फाइनलमा



अ+ अ-

काठमाडौँ । भारत टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा इंग्ल्याण्डलाई ६८ रनले हराउँदै भारत उपाधि नजिक पुगेको हो ।

अब भारतले उपाधिका लागि दक्षिण अफ्रिकासँग खेल्नेछ । दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । फाइनल खेल शनिबार हुनेछ ।

भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड १६.४ ओभरमा १०३ रनमै अलआउट भयो । उसका लागि ह्यारी ब्रुकले २५, जोस बटलरले २३, जोफ्रा आर्चरले २१ रन जोड्दा बन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

भारतलाई जित दिलाउन बलरले उत्कृष्ट भूमिका खेले । अक्षर पटेल र कुलदीप यादवले ३–३ विकेट लिए भने जसप्रित बुमराहले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको भारतले २० ओभरमा ७ विकेट गुमाएर १७१ रन जोडेको थियो । कप्तान रोहित शर्माले ५७, सूर्यकुमार यादवले ४७, हार्दिक पाण्ड्याले २३, रविन्द्र जडेजाले अविजित १७ रन जोडे ।

बलिङतर्फ इंग्ल्याण्डका क्रिस जोर्डनले ३ तथा आदिल रासिद, साम करन, जोफ्रा आर्चर र रिस टोपलीले १–१ विकेट लिए ।