१४ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को मौका छोपी ग्यासमा अनियमितता गर्नेलाई कारबाही गर्न बुर्लाकोटीको माग त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन सन्दीपको घोषणा : एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा, हरेक विकेट र बाउन्ड्रीमा १,५००… भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली बाजुरामा जिल्लाव्यापी पशु खोप अभियान भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा खोलाले बगाउँदा दुई बेपत्ता



अ+ अ-

दमक (झापा): यहाँको गौरीगञ्ज गाउँपालिका वडा नं १ माहाभाराका ५० वर्षीय लखिराम मुर्मुलाई कमल खोलाले बगाएको छ ।

आज दिउँसो करिब ३ बजे नुहाउन गएका उनलाई कमल खोलाले बगाएको स्थानीयले बताएका छन् । बेपत्ता मुर्मुको खोजीमा सशस्त्र प्रहरी, जनपद प्रहरी र स्थानीय लागेका स्थानीय धनपति पौडेलले जानकारी दिनुभयो ।

यसअघि बुधबार सोही वडास्थित कमल बनियानी खोलाले बगाउँदा स्थानीय झोलुङ्गे टोलका वेद विश्वकर्माका १३ वर्षीय छोरा मिलन विश्वकर्मा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

साथीहरुसँग खोला तर्ने क्रममा ती किशोरलाई खोलाले बगाएको थियो । साथीसँग फुटबल खेलेर फर्कने क्रममा साथीहरुसँग पौडी खेल्न उनी खोलमा पसेका थिए । सोही क्रममा विकलाई खोलाले बगाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनिश बुढाथोकीले बताउनुभयो ।

बुढाथोकीका अनुसार आज बिहान नै पानीमा डुबेर जिल्लाको शिवसताक्षी नगरपालिका–२ बस्ने २८ वर्षीय बुधे बेस्राको मृत्यु भएको छ । घरको पूर्वपट्टी खेतमा जमेको पानीमा डुबेर उनी मृतावस्थामा फेला परेको प्रहरी निरीक्षक बुढाथोकीले बताउनुभयो । रासस