२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका टी–२० विश्वकपको फाइनलमा



अ+ अ-

काठमाडौँ । दक्षिण अफ्रिका टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलोपटक फाइनलमा पुगेको हो ।

अब दक्षिण अफ्रिकाले उपाधिका लागि आज हुने इंग्ल्याण्ड र भारतबीचको विजेतासँग शनिबार खेल्नेछ ।

अफगानिस्तानले दिएको ५७ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले ८.५ ओभरमा ९ विकेटको क्षतिमा भेट्टायो । उसका लागि रिजा हेन्ड्रिक्स २९ रन तथा एडियन मार्करम २३ रनमा अविजित रहे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको अफगानिस्तान ११.५ ओभरमा ५६ रनमै अलआउट भयो । उसका लागि अजमुतल्लाह ओमारजाईले १० रन जोड्दा अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

दक्षिण अफ्रिकाका बलरसामु अफगानिस्तान निरिह बन्यो । मार्को यानसन र तबरिज शम्सीले ३–३ विकेट लिए भने कागिसो रबाडा र एन्रिच नोर्ख्याले २–२ विकेट लिए ।