१६ श्रावण २०८३, शनिबार
,
Latest
सामाजिक सद्भाव र शान्ति सुरक्षामा संवेदनशील हुन मुख्यमन्त्रीको आग्रह अलैँची निर्यात ६४ प्रतिशतले बढ्यो, एक वर्षमै चार अर्ब ९६ करोड कारोबार वृद्धि प्रविधि र जलवायु संकट मानव अधिकारका लागि नयाँ चुनौतीः न्यायाधीश मल्ल धार्मिक तथा जातीय सहिष्णुता र शान्तिका लागि काठमाडौंमा नागरिक समाजको ‘सद्भाव र्‍याली’ एकीकृत कानून निर्माण गर्न कानून कार्यन्वयन मापन आवश्यक छः परशुराम मेघी गुरुङ जातीय र धार्मिक सहिष्णुताका लागि काठमाडौंमा सद्भाव र्‍याली झैझगडामा संलग्न एक जना पक्राउ प्रवेश परीक्षा दिन गएका विद्यार्थीको मृत्यु सीमानाकाबाट हुने अवैध पेयपदार्थको ओसारपसारमा कडाइ स्वार्थ समूहको दबाबमा होइन, राष्ट्रिय हितमा कानून बनाऔँः एमाले सांसद झाँक्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः उपाधि जित्न कोलकातालाई ११४ रनको सामान्य लक्ष्य



अ+ अ-

काठमाडौँ । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) फाइनल उत्साहजनक नहुने भएको छ । चेन्नईको चेपौकमा जारी खेलमा उपाधिका लागि कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावाद भिडिरहेका छन् ।

यसैबीच हैदरावादले कोलकातालाई ११४ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ थालेको हैदरावाद १८.३ ओभरमा ११३ रनमै अलआउट भयो । हैदरावादका ब्याटिङ पुरै फ्लप सावित भयो ।

एडियन मार्करमले २०, हेनरिक क्लासेनले १६, प्याट कमिन्सले २४, नितिष रेड्डीले १३ रनमात्रै बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ कोलकाताका आन्द्रे रसेलले ३, मिचेल स्टार्क र हर्षित राणाले २–२ तथा वैभव अरोडा, वरुण चक्रवर्ती र सुनील नारायणले १–१ विकेट लिए ।