• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   दीपकराज गिरीको कटाक्षः वार्तासँग होइन अन्तर्वार्तासँग डर लाग्छ ★   एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो ★   कांग्रेसले गिरिजाको शताब्दी जन्मजयन्तीमा फोटो प्रदर्शनी गर्ने ★   रिलिज हुनुअघि नै रेकर्ड तोड्यो प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ले ★   गोर्खा मिडिया नेटवक प्रा.लि.मा प्रवाहित रकमबारे संसदीय समितिको चासो ★   चार जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध ★   ग्लोबल आइएमई बैंकले ओपेक फण्डबाट २५ मिलियन डलर ऋण लिँदै ★   प्रभु बैँक लि.र मुस्ताङ्ग जिल्लाका विभिन्न होटल तथा रेष्टुरेन्ट बीच छुट सम्झौता ★   ‘पार्टीका हरेक सदस्य लाभको पदको अपेक्षा नगरी लाग्दा मात्र पार्टीलाई सही गन्तव्यमा पुर्‍याउन सकिन्छ’

काठमाडौं महानगरको अराजक व्यवहारको प्रतिकार गर्ने चेतावनी



काठमाडौं । काठमाडौं महानगरपालिका र सडक विभागबीचको विवाद बढेको छ । महानगरपालिकाका मेयर बालेन शाहले कलंकीदेखि महाराजगन्जसम्म रिङ रोड विस्तारको नाममा जनतालाई धेरै धुलो र कष्ट बेहोर्नुपरेको भन्दै एक ट्रक धुलो उपहार स्वरुप भन्दै विभागको कार्यालयअगाडि लगेर थुपारिदिनुभएको थियो । त्यसलाई विभागले अराजकताको संज्ञा दिएको छ ।

विभागले विज्ञप्ति जारी गर्दै सडक विभागअन्तर्गत रहेको सडक डिभिजन काठमाडौँले मिनभवन स्थित कार्यालयको गेटमा महानगरपालिकाको मिनी टिप्परबाट कार्यालय परिसर छिर्न समेत अवरोध हुने गरी फोहोर फालिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

डिभिजनको गेटमा देशकै ठुलो तथा जिम्मेवार स्थानीय सरकारबाट कानुनी राज्यको उपहास हुने गरी बलमिच्याई तथा अराजक शैलीबाट भएको यस किसिमको व्यवहारले महानगरको गरिमा कदापि नबढ्ने डिभिजनको भनाई छ ।

डिभिजनका अनुसार शुक्रवार मात्र काठमाडौँ महानगरपालिकाका मेयर तथा यस डिभिजनका डिभिजन प्रमुख बिच महानगर भित्रका सडक सुधारका विविध विषयमा छलफल भई नियम बमोजिम सहकार्य गरेर अगाडि जाने तथा साझा धारणा बनाई महानगर भित्रका सडक सुन्दर तथा व्यवस्थित बनाउने विषयमा छलफल भएको थियो । साथै यस अघि महानगरपालिकाबाट नियमबमोजिम यस डिभिजनमा सडक काट्न माग भई आएका सबै अनुमति दिइएको समेत जानकारी गराएको छ ।

आफ्नो कार्य क्षेत्र भित्र भएका त्रुटि औँल्याइ आवश्यक सुझाव दिए डिभिजन सकारात्मक सुझाव सम्झेर कार्यान्वयन गर्ने तर डिभिजनको कार्यक्षेत्रसँग सरोकार नभएको विषय उठाएर यस किसिमका अराजक व्यवहार देखाए आगामी दिनमा किमार्थ सह्य नहुने सडक डिभिजन काठमाडौँले स्पष्ट पारेको छ । यसको प्रतिकार गर्न समेत सडक डिभिजन काठमाडौँ बाध्य हुने विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।