१९ भाद्र २०८३, शुक्रबार
,
Latest
एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’ श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना विपदमा बाल संरक्षणलाई प्राथमिकता दिन सिजपकाे आग्रह शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिलिज हुनुअघि नै रेकर्ड तोड्यो प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ले



अ+ अ-

एजेन्सी । प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ भारतीय सिनेमामा इतिहास रच्ने तयारीमा रहेको छ । यो फिल्म जुन २७ मा रिलिज हुँदैछ र पहिलो दिनमै बक्स अफिसमा हिट हुने अनुमान गरिएको छ ।

चलचित्रले अग्रिम बुकिङमार्फत यति धेरै संकलन गरेको हो । रिपोर्टमा विश्वास गर्ने हो भने फिल्म पहिलो दिनमै १०० करोड क्लबमा सामेल हुनेछ । रिपोर्टलाई विश्वास गर्ने हो भने, ओपनिङ डेका लागि १० लाख टिकट बिक्री भएको छ ।

नाग अश्विनको निर्देशनमा बनेको यो साइन्स फिक्शन फिल्म सबैले हेर्न चाहन्छन् । भारतीय सिनेमामा पहिलो पटक यस्तो फिल्म बनेको छ, जसका कारण जनतामा उत्साह छाएको छ ।

कल्की २८९८’ को १० लाख टिकट बिक्री भएको छ । संकलन गणना गर्ने हो भने करिब ३७ करोड रुपैयाँ आउँछ । चलचित्र रिलिज हुन अझै एक दिन बाँकी रहेकाले अग्रिम बुकिङबाट ५० करोड रुपैयाँ कमाउन सक्नेछ ।

फिल्मले हैदरावादमा कीर्तिमान बनाएको छ । पहिलो दिन फिल्मले १४ करोड कमाएको छ, जुन प्रभासको सालारभन्दा २ करोड बढी हो । यो फिल्म हैदरावादमा ओपनिङ्कै दिन सबैभन्दा धेरै अग्रिम बुकिङ गर्ने फिल्म बनेको छ ।

फिल्ममा प्रभासको साथमा अमिताभ बच्चन, दिशा पटानी, दीपिका पादुकोण र कमल हसन मुख्य भूमिकामा देखिनेछन् ।