१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु

गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा प्रवाहित रकमबारे संसदीय समितिको चासो

गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा प्रवाहित रकमबारे संसदीय समितिको चासो
अ अ+ अ-

काठमाडौँ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले अनुसूची २ मा रहेका ९ वटा सहकारी संस्थाका कागजात माग गर्ने निर्णय गरेको छ ।

मंगलवार सिंहदरबारमा बसेको सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले अनुसूची २ मा रहेका ९ वटा सहकारी संस्थाहरुको कागजात माग गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै समितिका सभापति सूर्यबहादुर थापाले अनुसूचि २ म रहेका आईडियल यमुना बहुउद्देश्यी संस्था, ईमेज वचत तथा ऋण सहकारी संस्था लि. सहारा वचत तथा ऋण सहकारी, समानता वचत तथा ऋण सहकारी, सानो पाइला वचत तथा ऋण सहकारी, सुप्रिम वचत तथा ऋण सहकारी, सूर्यदर्शन वचत तथा ऋण सहकारी, सुमेरू वचत तथा ऋण सहकारी र स्वर्णलक्ष्मी वचत तथा ऋण सहकारी संस्थाहरुको कागजात माग गरिएको बताउनु भयो ।

उहाँले समितिले ति सहकारीहरुको पछिल्लो साधारण सभाको प्रतिवेदन विवरण, लेखा परीक्षण प्रतिवेदन, सञ्चालक समितिको विवरण, लेखा सुपरीवेक्षण समिति र त्यसको प्रतिवेदन, अन्य आवश्यक वित्तीय विवरणहरु माग गरेको बताउनु भयो । त्यस्तै समितिले विभिन्न सहकारीमार्फत गोर्खा मिडिया नेटवर्कमा रकम प्रवाह भएको रकमको स्थिति समेत ६ वटा बुँदासहित ९ वटा सहकारीहरुको कागजात माग गर्ने निर्णय गरेको बताउनु भयो । गोर्खा मिडिया नेटवक प्रा.लि.मा विभिन्न सहकारीबाट प्रवाह भएको रकमका सन्दर्भमा समितिको चासो केन्द्रित भएको बताउनु भयो । कार्यादेशमा उल्लेख भएअनुसार समितिले काम अघि बढाइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बैठकमा सहकारी क्षेत्रका दुई जना विख्यात व्यक्तित्वहरु जसले २०४६ सालपछि सहकारीको विकास, कानूनी प्रवन्ध, संरचनागत प्रवन्ध र समग्र विकासमा योगदान गर्नुभएको छ । पूर्वमन्त्री, सहकारी विकास बोर्डका तत्कालीन अध्यक्ष दीपकप्रकाश बाँस्कोटा र पूर्वमन्त्री सहकारी महासंघका पूर्वअध्यक्ष केशवप्रसाद बडालज्युलाई हामीले आमन्त्रित गरेका थियौँ । उहाँहरुले अन्तर्राष्ट्रिय रुपमा र समग्रतामा यसमा सहकारीको उद्भव, विकास र समग्र स्थितिको परिचर्चा गर्दै सहकारीमा देखापरेका समस्याको समाधानका बारेमा गहन छलफल भयो । उहाँहरुले सल्लाह, सुझाव दिनुभयो । उहाँहरुले सहकारी भित्र आज देखापरेको समस्या ३० हजार हाराहारी सहकारीहरुमध्ये करिव ५ सय सहकारीको समस्या हो । यो जम्माजम्मी एक प्रतिशत भन्दा कमको समस्या हो भन्नेकुरामा आफ्ना धारणा राख्नुभयो । सहकारी क्षेत्रमा सहकारीको सिद्धान्त, मूल्य मान्यता र पद्धतिअनुसार सञ्चालन भएका सहकारीहरुमा समस्या छैन । सहकारीको ब्यानरमा, सहकारीको नाममा, सहकारीको कानूनबाट वचत र ऋण सहकारीको जुन सञ्चालन गर्नेगरी आउनु भयो । कानूनको कतिपय सन्दर्भमा उल्लंघन गरेर अनुगमन, नियमन नहुँदा त्यसको फाइदा उठाएर जे जसरी काम भएका छन्, त्यस सन्दर्भमा महत्वपूर्ण स्थिति अवगत गराउनु भयो । ओरियन्टल सहकारीदेखि पछि देखापरेका तमाम समस्यका सन्दर्भमा र अहिले हामीले छानबिन गरेका अनुसूचि १ र २ का जम्मा २९ सहकारी लगायतका बारेमा पनि उहाँहरुले चर्चा गर्नुभयो ।

उहाँहरुका सुझाव महत्वपूर्ण र फलदायी भएका छन् । बैठकबाट हामीले अनुसूचि २ मा रहेका ९ वटा सहकारी संस्थाहरुका सन्दर्भमा हामीले सम्बन्धित निकायहरुबाट कागजात माग गर्ने निर्णय गरेका छाँै । ति सहकारीहरुको पछिल्लो साधारण सभाको प्रतिवेदन विवरण, लेखा परीक्षण प्रतिवेदन, सञ्चालक समितिको विवरण, लेखा सुपरीवेक्षण समिति र त्यसको प्रतिवेदन, अन्य आवश्यक वित्तीय विवरणहरु र विभिन्न सहकारीमार्फत गोर्खा मिडिया नेटवर्कमा रकम प्रवाह भएको रकमको स्थिति समेत हामीले ६ वटा बुँदासहित ९ वटा सहकारीहरुको कागजात माग गर्ने निर्णय गरेका छौँ । गोर्खा मिडिया नेटवक प्रा.लि.मा विभिन्न सहकारीबाट प्रवाह भएको रकमका सन्दर्भमा हाम्रो चासो केन्द्रित भएको छ । हामीलाई टिओआरमा कार्यादेशमा पनि त्यही कुरा उल्लेख छ । हामी त्यसमा अगाडि बढेका छौँ । यसअघिका छानबिन समिति, आयोगहरुका प्रतिवेदनहरु प्राप्त भएका छन् ।’

उहाँले समितिले राजहाँसको भुमिका निर्वाह गर्नेगरी सहकारी ठगी प्रकरणमा तथ्य प्रमाण संकलन गर्ने बताउनु भयो । समिति कसैलाई ढाकछोप गर्न र नियतवश फसाउन बनेको समिति नभएको बताउनु भयो । समितिले सहकारी क्षेत्रका ज्ञाता पूर्वमन्त्री, सहकारी विकास बोर्डका तत्कालीन अध्यक्ष दीपकप्रकाश बाँस्कोटा र पूर्वमन्त्री सहकारी महासंघका पूर्वअध्यक्ष केशवप्रसाद बडालसँग पनि छलफल गरेको छ ।