१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु

कांग्रेसले गिरिजाको शताब्दी जन्मजयन्तीमा फोटो प्रदर्शनी गर्ने

कांग्रेसले गिरिजाको शताब्दी जन्मजयन्तीमा फोटो प्रदर्शनी गर्ने
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले पूर्वसभापति तथा शान्ति प्रक्रियाका हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोईरालाको शताब्दी जन्मजयन्तीको अवसरमा फोटो प्रदर्शनी गर्ने भएको छ ।

काँग्रेसले अगामी असार १८ गते पूर्वसभापति गिरिजाप्रसाद कोईरालाको शताब्दी जन्मजयन्तीको अवसर पारेर फोटो प्रदर्शनी गर्ने भएको हो । बुधवार पत्रकार सम्मेलन गर्दै केन्द्रिय सूचना, सञ्चार तथा प्रचार विभागको आयोजनामा फोटो प्रदर्शनी गर्न लागिएको जानकारी गराइएको हो ।

‘क्रान्तिदेखि शान्तिसम्म’ नाम दिइएको फोटो प्रदर्शनीमा १५० वटाभन्दा बढी फोटोहरु रहने केन्द्रिय सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिनुभयो । फोटो प्रदर्शनीमा क्रान्तिको समय, शान्तिकालिन समय र शान्ति प्रक्रियाको समयलाई प्रतिविम्वित गर्ने फोटोहरु राखिने उहाँले बताउनु भयो । नेपालको शान्ति प्रक्रियामा गिरिजाप्रसाद कोईराला लगायतका नेपाली काँग्रेसका नेताहरुले खेलेका भुमिकालाई फोटोमा उतार्ने प्रयास गरिएको उहाँले बताउनु भयो । उहाँले पार्टीको केन्द्रिय कार्यालयकै सभाहलमा हुने फोटो प्रदर्शनीका लागि प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु, विभिन्न पार्टीको अध्यक्ष तथा शिर्ष नेताहरुदेखि कुटनीतिक क्षेत्रका व्यक्तिहरुलाई पनि निमन्त्रणा गरिएको जानकारी दिनुभयो । बिहान ११ बजेदेखि शुरु हुने फोटो प्रदर्शनी राति ११ बजेसम्म चल्ने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – नेपाली काँग्रेस केन्द्रिय कार्यसमिति, केन्द्रिय सूचना, सञ्चार तथा प्रचार विभागको आयोजनामा शान्ति प्रक्रियाका महानायक शिखर पुरुष गिरिजाप्रसाद कोईरालाको शताब्दी जन्मजयन्तीको अवसरमा नेपाली काँग्रेस केन्द्रिय कार्यालयको परिसरमा असार १८ गते गिरिजाप्रसाद कोईरालाको जीवनीसँग जोडेर र नेपाली काँग्रेसका नेताहरुले नेतृत्व गरेका क्रान्ति र शान्ति प्रक्रिया समेतलाई एकैपटक जनताका बीचमा जानकारी गर्ने, सन्देश दिने उद्देश्यका साथ क्रान्तिदेखि शान्तिसम्म भनेर फोटो प्रदर्शनी कार्यक्रम गर्दैछौँ । त्यही कार्यक्रमसँग जोडेर केही विषयमा विमर्श पनि गर्दैछौँ । क्रान्तिदेखि शान्तिसम्म, समुन्नतिको दोस्रो जग, फोटो पत्रकारिता: जोखिम र अनुभव विषयमा विमर्श गर्नेछौँ । १५० भन्दा बढी फोटोहरु रहनेछन् । जुन फोटोहरु २००७ सालभन्दा अगाडीका र गिरिजाबाबुसहित अन्य नेताहरुको पनि फोटो रहनेछ । १५० फोटोहरुले तीन किसिमको चरणहरुको प्रतिविम्वित गर्नेछ । एउटा क्रान्तिको बेलामा, शान्ति अथवा विकासको बारेमा र पछि शान्ति प्रक्रियासँग जोडिएका फोटोहरु हुनेछन् ।

फोटो प्रदर्शनीको अलावा क्रान्तिदेखि शान्तिसम्म, समुन्नतिको दोस्रो जग, फोटो पत्रकारिता: जोखिम र अनुभव विषयमा विमर्श पनि गरिने उहाँले जानकारी दिनुभयो । क्रान्तिदेखि शान्तिसम्मको विषयमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला र एमालेका नेता प्रदीप ज्ञवालीले विमर्श गर्ने बताउनु भयो ।