५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपकराज गिरीको कटाक्षः वार्तासँग होइन अन्तर्वार्तासँग डर लाग्छ



अ+ अ-

काठमाडौँ । अभिनेता तथा निर्माता दीपकराज गिरीले एक टेलिभिजन कार्यक्रमको पछिल्लो एपिसोडमा उठाइएको विषयप्रति कटाक्ष गरेका छन् ।

कान्तिपुर टेलिभिजनको ‘इट्स माई शो’मा कार्यक्रमकी सञ्चालिकाले सोधेको प्रश्न र अतिथि अभिनेत्रीहरु स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले दिएको जवाफलाई लिएर अहिले सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ ।

यसै विषयमा गिरीले सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका हुन् । उनले ‘वार्तासँग होइन अन्तर्वार्तासँग डर लाग्छ’ भन्दै हिन्दीमा एक स्टाटस लेखेका छन् – बार्ता से डर नहीं लगता है साहेब !
अन्तरवार्ता से डर लगता है !!

टिभी कार्यक्रममा आफ्नो व्यक्तिगत विषय उठाइएको भन्दै अभिनेत्री जसिता गुरुङले आपत्ति जनाइसकेकी छन् ।

यस्तै, उक्त टिप्पणीलाई लिएर अभिनेत्री स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले माफी मागिसकेका छन् भने अभिनेता अनमोल केसी पनि जसिताको पक्षमा उभिएका छन् ।

यो पनिः ‘इट्स माई शो’ विवादमा सुरजसिंह ठकुरीले भने– ‘मेरो २३ वर्षको समर्पण, ब्रान्ड ध्वस्त भयो’