१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पार्टीका हरेक सदस्य लाभको पदको अपेक्षा नगरी लाग्दा मात्र पार्टीलाई सही गन्तव्यमा पुर्‍याउन सकिन्छ’



अ+ अ-

काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्य एवं संगठन विभाग सचिव माधव ढुङ्गेलले पार्टीका हरेक सदस्य लाभको पदको अपेक्षा नगरी लाग्दा मात्र पार्टीलाई सही गन्तव्यमा पुर्‍याउन सकिने बताउनुभएको छ ।

मंगलबार नेकपा एमाले रामेछापको खाँडादेवी गाउँपालिका कमिटीको नयाँ निर्वाचित नेतृत्वको शपथग्रहण तथा प्रशिक्षण कार्यक्रममा बोल्दै ढुङ्गेलले पदले मात्र सम्मान प्राप्त हुन्छ भन्ने कुरा सत्य नभएको बताउनुभयो । ‘पदले मात्र सम्मान पाइने भए पद पाएका धेरै मानिसहरू आज गुमनाम भएका छन्’, ढुङ्गेलले भन्नुभयो ।

ढुङ्गेलले सम्मानको लागि त्याग र समर्पण आवश्यक रहेको बताउनुभयो । त्यो समर्पण भाव नेकपा एमालेका नेता, कार्यकर्तामा रहेको उहाँले स्पष्ट पार्नुभयो । ‘नेकपा एमाले विशाल हृदय भएको पार्टी हो, एमाले विवेकले भरिएका कार्यकर्ताको पार्टी हो’, उहाँले भन्नुभयो ।

नेकपा एमालेमा अहिले कुनै गुट नभएको उहाँले बताउनुभयो । एमाले अध्यक्ष केपी ओली योगदानले उचाइमा पुगेको नेता भएकाले उहाँले स्पष्ट पार्नुभयो । त्यसैले एमालेमा कुनै पनि गुट वा उपगुटको गुनजायस नभएको ढुङ्गेलले बताउनुभयो । ‘एमाले एकताबद्ध पार्टी छ भन्ने सन्देश तलसम्म लैजानु पर्छ’, ढुङ्गेलले भन्नुभयो ।

अब नेपालमा एमाले नभएको गाउँ र टोल नभएको उहाँले बताउनुभयो । सीमित नेताहरूले रोपेको कम्युनिष्ट पार्टीको बिउ गाउँ, बस्ती र घर घरमा पुगेको ढुङ्गेलले धारणा राख्नु भयो । सबै क्षेत्रको एमालेलाई ठुलो साथ र सहयोग रहेको उहाँले बताउनुभयो ।