• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

तिलगंगा आँखा अस्पताल अब विश्वविद्यालय !



काठमाडौं । आँखाको उपचारमा विश्वमै प्रख्यात तिलगंगा आँखा अस्पताल अब विश्वविद्यालयका रूपमा सञ्चालन हुने भएको छ । आँखा अस्पताललाई विश्वविद्यालयका रुपमा सञ्चालन गर्नेसम्बन्धी विधेयक संसद्मा दर्ता भएको छ ।

बोर्ड अफ ट्रस्टी मोडलमा स्थापना हुने विश्वविद्यालयले नेपालमै आँखाको स्वास्थ्यसम्बन्धी उच्च शिक्षा अध्ययन, अध्यापन, अनुसन्धान गर्ने गरी तिलगंगा नेत्र विश्वविद्यालय विधेयक संसदमा दर्ता भएको हो ।

संसद्मा दर्ता भएको विधेयकअनुसार विशेषज्ञ सेवासहितको उपचारमा पहुँच विस्तार गरी आँखा उपचारसम्बन्धी सामग्री उत्पादन र प्रविधि विकासमा योगदान पुर्‍याउनेछ ।

डा. सन्दुक रुइतलगायत संलग्न ‘नेपाल आँखा कार्यक्रम र अन्धोपन निवारण समाज’ को सम्पत्ति तथा भौतिक संरचना उक्त विश्वविद्यालयको हुने प्रस्ताव विधेयकमा छ । यी संस्थाको ३१ जिल्लामा रहेको सम्पत्ति र भौतिक संरचना विश्वविद्यालयको हुने व्यवस्था गरिएको छ ।

विधेयकले काठमाडौंको तिलगंगा अस्पताल र नेपाल आँखा कार्यक्रमबाट सम्बन्धनमा सञ्चालित डिप्लोमादेखि मास्टर तहसम्मको आँखा स्वास्थ्य शिक्षालाई विश्वविद्यालयमा स्तरोन्नति गर्नेछ ।

अहिले यो अस्पतालको उत्पादन विभागले आँखाका ९ थरी लेन्स उत्पादन गरी ४० भन्दा बढी देशमा निर्यात गर्दै आएको छ । अस्पतालको प्रयोगशालाबाट मोतियाबिन्दुको शल्यक्रियामा आवश्यक तीन प्रकारका सामग्री पनि उत्पादन भइरहेको छ । ख्यातिप्राप्त संस्थालाई विश्वविद्यालयको रूपमा स्थापना गर्नका लागि राष्ट्रिय र प्रतिनिधिसभाले विधेयकलाई पास गर्नुपर्ने हुन्छ । जति छिटो विधेयकको टुंगो लगाउने छ, त्यति नै चाँडो विश्वविद्यालयको स्थापना हुनेछ ।