९ असार २०८३, मंगलवार
,
Latest
हामी हरेक धक्काबाट उठेका छौँ, फेरि उठ्छौँ : महासचिव पोखरेल रास्वपा महाधिवेशनः आजैबाट निर्वाचन प्रक्रिया सुरु हुने महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदन भण्डारी राष्ट्रिय पुरस्कार कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्र पुरस्कृत हुने



अ+ अ-

काठमाडौं । यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्र, पाँचथरलाई प्रदान गरिने भएको छ ।

मदन भण्डारी फाउण्डेसनले हरेक वर्ष प्रदान गर्दै आएको मदन भण्डारी राष्ट्रिय पुरस्कार यस वर्षका लागि कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्र, पाँचथरलाई दिने निर्णय भएको छ ।

बुधवार पत्रकार सम्मेलन गर्दै फाउण्डेसनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले असार १४ गते मदन भण्डारीको ७३ औँ जन्मजयन्तीको अवसरमा आयोजना हुने कार्यक्रमकाबीच कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्रलाई एक लाख रुपैयाँ नगदसहित पुरस्कृत गरिने जानकारी दिनुभयो । उहाँले २०५६ सालमा स्थापित यस फाउण्डेसनले २०६८ सालदेखि मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको जानकारी पनि दिनुभयो ।

२०४१ सालदेखि चिया खेती गर्दै आएको कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्रले हाल ९५ हजार हेक्टर जमिनमा ६ लाखभन्दा बढी चियाका बिरुवाहरु रहेको जनाइएको छ । केन्द्रले आयुर्वेदिक र जैविक खेती प्रविधिमार्फत १० प्रकारका चिया र १३ प्रकारका जडिबुटी उत्पादन गरिरहेको छ । वार्षिक रुपमा १०० टन चिया उत्पादन गरी विदेशमा समेत निर्यात गरी ४ करोड रुपैयाँ भन्दा बढी कारोबार गर्ने गरेको बताइएको छ । केन्द्रले १५० जनाभन्दा बढी किसानलाई प्रत्यक्ष रोजगारी र ४०० जनालाई अप्रत्यक्ष रुपमा रोजगारी पनि दिएको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो । —न्युज एजेन्सी नेपाल