१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु

राडीपाखी बुन्ने चलन हराउन थाल्यो

राडीपाखी बुन्ने चलन हराउन थाल्यो
अ अ+ अ-

मान्म । कालीकोटमा भेडाबाख्राको ऊनबाट राडीपाखी बुन्ने चलन लोपोन्मुख अवस्थामा पुगेको छ । भेडाबाख्रापालनमा कमीआएसँगै राडीपाखी बुन्ने चलन पनि यहाँका बासिन्दाले बिस्तारै छाड्दै गएका हुन् ।

तिलागुफा नगरपालिका–५ फोइमहादेवका राजु कार्कीले समय बढी लाग्ने तर आम्दानी कम हुने भएपछि राडीपाखी बुन्ने चलन हराउन थालेको बताउनुभयो । “ भेडाबाख्रा पाल्ने चलन हराउँदै जाँदा राडीपाखी बुन्ने चलन पनि हराउन थालेको हो । भेडाबाख्राको ऊन उत्पादनमा धेरै समय लाग्छ । आम्दानी कम हुँदा राडीपाखी बुन्न चलन हराउन थालेको हो ।”

एउटा राडीपाखी बुन्न दुई सातासम्म समय लाग्ने गरेको समय खर्चका हिसाबले खर्चिलो भएका कारणले राडीपाखी बुन्ने चलन हराउन थालेको नरहरिनाथ गाउँपालिका–५ रुप्साका दयाराम सहकारीले बताउनुभयो । “राडीपाखी, लिउ वा फेरुवा जे बेचे पनि एउटा बेचेवापत झण्डै रु एक हजारभन्दा बढी फाइदा हुँदैन”, उहाँले भन्नुभयो, “एउटा राडीपाखी, लिउ फेरुवा रु तीन हजार पाँच सयदेखि चार हजार पाँच सयसम्म बिक्री हुन्छ ।”

अहिलेको रङ्गीन गलैँचा रु एक हजार पाँच सयमा बजार पाउने गरेको र गाउँमा बनेका राडीपाखीको रु चार हजार पाँच सयमा राडीपाखी बिक्री नहुँदा अहिले बजारको समस्या भएको पचालझरना गाउँपालिका–७ नानीकोटका रामबहादुर शाहीले बताउनुभयो । “पहिलापहिला धेरै भेडाबाख्रापालन गरेर त्यसैबाट राम्रो आम्दानी लिने चलन थियो”, उहाँले भन्नुभयो, “अहिले विगतका जस्तो भेडाबाख्रा पाल्ने चलन हराउँदै जाँदा राडीपाखी बुन्ने चलन पनि हराउँदै गयो ।”

भेडाबाख्रापालन व्यवसायमा कमी आएको पचालझरना गाउँपालिकाले अध्यक्ष देवजङ्ग शाहीले जानकारी दिनुभयो । “भेडाबाख्रा बहुउपयोगी पशुपालन हो । यसबाट कपडा र मासु पाइन्छ”, उहाँले भन्नुभयो, “भेडाबाख्रापालन व्यवसाय गर्ने किसानलाई प्राहोत्सनका लागि भत्ता व्यवस्था नगर्दा कमी आएको छ ।” रासस